काभे्रटाइम्स् साप्ताहिकका कार्यकारी सम्पादक सामुदायिक रेडियो प्रसारक संघ काभे्र संयोजक रमेशप्रसाद न्यौपाने थाइल्याण्ड प्रस्थान गर्नु भएको छ । न्यौपाने एसिया प्रसान्त क्षेत्रको सामुदायिक रेडियोहरुको छाता संगठन अमार्क एसिया प्यासिफिकको २०२३ सेप्टेम्बर २७–३० तारिक सम्म थाइल्याण्डको बैंककमा हुने सम्मेलनमा भाग लिन जानुभएको हो । एसिया प्रसान्त क्षेत्रका नेपाल सहित ४८ वटा देशहरुका सामुदायिक रेडियोहरुले सहभागीता जनाउने कुरा अमार्क एसिया प्यासिफिकका उपाध्यक्ष सुवास खतिवडाले जानकारी दिनुभयो । विगत २४ वर्षदेखि सञ्चार कर्ममा क्रियाशिल पत्रिकाका कार्यकारी सम्पादक न्यौपाने रेडियो एसवसी एफएम ८९.८ मेगाहर्जका स्टेशन म्यानेजर र सामुदायिक रेडियो प्रसारक संघ अकोराब जिल्ला समिति काभे्रका संयोजकको जिम्मेवारीमा रहेर कार्य गर्दै आउनुभएको छ । असोज ८ गतेबाट एकसाता १५ गते नेपाल फर्कने कार्यक्रम तय भएको छ ।
