IMG-LOGO

शुलभ साकोसमा पुनः विक्रमको नेतृत्व

 मंगल, असोज ९, २०८०  ---

 

      शुलभ बचत तथा ऋण सहकारी संस्था लि. बनेपा –७, काभ्रेको १३ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष बिक्रम भैलको सभापतित्वमा सम्पन्न भयो । शनिबार सम्पन्न उक्त साधारण सभाले बिक्रम भैललाई पुन ः सर्वसम्मत रुपमा अध्यक्षमा निवार्चित गरेको छ ।  उपाध्यक्षमा राजेन्द्र राज श्रेष्ठ, सचिव होम प्रसाद तिमल्सीना, कोषाध्यक्ष दमन कुमार श्रेष्ठ, सदस्यहरुमा भागवत प्रसाद श्रेष्ठ, मोहन राज श्रेष्ठ, रामकृष्ण माकजु, राधाकृष्ण तौजले, जीवनाथ श्रेष्ठ, विजया लक्ष्मी श्रेष्ठ, शिवराम नेपाल रहनु भएको छ । त्यस्तै गरी लेखा सुपरिवेक्षण समितिका संयोजक आरती श्रेष्ठ रहनुभएको छ । सुवन बहादुर श्रेष्ठ र  मधुसुदन धालाछे सदस्य रहेको लेखा समितिमा निवार्चित गरेको छ ।   ५ करोड १२ लाख १५ हजार ३ सय शेयर पूँजी संकलन गरेको संस्थाको बचत निक्षेप ४७ करोड १७ लाख  ५३ हजार रहेको छ ।  ६३ करोड २६  लाख ३७ हजार ६१ ऋण  लगानी गरेर १ करोड ४८ लाख  १९ हजार ५ सय  २९ आम्दानी गर्न सफल संस्थाको जगेडा कोष ४ करोड १५ लाख ६० हजार ९ सय ९६  रहेको कुरा संस्थाका प्रवन्धक रमेश क्षेष्ठले जानकारी दिनुभयो । संस्थाले नीति विधि र प्रविधिको प्रयोगबाट सदस्यको आर्थिक जिवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकेको जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्