नेपाली काङ्ग्रेसको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले काभ्रेका चर्चित नेता शिवप्रसाद हुमाँगाईलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । हुमाँगाइ यसअघि पनि मनोनीत केन्द्रीय सदस्य थिए । नेपाली काङ्ग्रेसमा काभ्रेबाट ३ जना केन्द्रीय सदस्य भएका छन् । यस अघि मधु आचार्य र गणेश लामा निर्वाचित केन्द्रीय सदस्य हुन ।
