राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष कमल अधिकारीको सभापतित्वमा शनिबार सम्पन्न भयो । शिक्षा सेवी धु्रव प्रसाद भट्टराइको प्रमुख आतिश्यतामा सम्पन्न कार्यक्रममा राजमन्दिर श्रेष्ठ विसिष्ट अतिथि हुनुहन्थ्यो । १ हजार ८ सय ४२ शेयर सदस्यबाट ६६ लाख ४० हजार २०० शेयर पूंजी संकलन, गरी ५ करोड ७ लाख ७८ हजार ५०५ कारोबार गर्न सफल भएको छ । राधाकृष्ण साकोसको नमोबुद्ध नगरपालिकाको भकुण्डेमा समेत सेवा कार्यालय सञ्चालन गरी सदस्यहरुको आर्थिक अवस्था सुधार गर्न निरन्तर लागि परेको कुरा संस्थाकी प्रबन्धक सविता मानन्धरले बताउनु भयो ।
