IMG-LOGO

पनौती नगरमा क्लासिक एकेडेमीक फेस्ट २०८०

 मंगल, असोज २, २०८०  ---

 

राष्ट्रिय बाल दिवस्को अबसरमा नगर बाल समूह सन्जाल पनौतीले बहसकर्ता नेपाल र दिगो विकासका लागि राष्ट्रिय युवा सन्जालको प्राबिधिक सहयोगमा पनौतीमा भदौ ३०–३१ गते क्लासिक एकेडेमी फेस्ट २०८० आयोजना गरेको छ । नगर भित्रका २२ सरकारी एवं निजि बिद्यालय सहभागी कार्यक्रममा बालबालिको प्रतिभा प्रस्पुटन एवं सृजनशिलता बिकासलाई ध्यान दिन १० बिधाहरु संसदिय बहस, हस्तलेखन, कविता लेखन र वाचन, निबन्ध लेखन, लघु कथा लेखन नाटक, हाजिरीजवाफ, वक्तित्वकला, चित्रकला, हिज्जे प्रतियोगिताहरु आयोजना गरिएको हो । नगर बाल समूह सन्जालको अध्यक्ष दिक्षित न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख राम शरण भण्डारी उपप्रमुख गिता बन्जरा विभिन्न वडाका वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत, बाल मैत्री श्रोत ब्यक्ति केशब बन्जरा, बहसकर्ता नेपालका सस्थापक धिरज जोशी कार्यक्रम संयोजक सन्जीप न्यौपाने, विभिन्न शैक्षिक बिधाका निर्णायकहरु, बालमैत्री सहजकर्ताहरुसंगै शैक्षिक मेलामा ३०० भन्दा बढी विद्यार्थीको सहभागितामा प्रतिस्पर्धा गराईएको थियो । कार्यक्रममा प्रशिक्षकहरु फिल्म मेकर सुशील पाण्डे संचारकर्मी समर्पण श्री, बहसकर्ताहरु प्रेम न्यौपाने, अञ्जली न्यौपाने, डायना कार्कीले विभिन्न बिधाहरुमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । एकेडेमिक फेस्ट्मा काभ्रे अङ्ग्रेजी मा. बि. ४ बिधामा प्रथम हुदै उत्कृष्ट बिद्यालय घोषित भएको थियो भने विभिन्न बिधाका बिजेताहरुलाई प्रमुख रामशरण भण्डारीले मेडल ट्रपी सहित प्रमाणपत्र प्रदान गर्दै बालबालिकाको सर्बोतम हितलाई ध्यान राख्दै बालमैत्री घोषणालाई दिगो बनाउन नगर सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्