IMG-LOGO

अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा प्रदर्शण

 मंगल, असोज २, २०८०  ---

 

काभ्रे जेसीज, काभ्रे लेडी जेसीज र बनेपा जुनियर जेसीजको आयोजनामा सुरु भएको समुदायमा जेसीज अन्तरगत अपाङ्खता भएका व्यक्तिहरुको प्रतिभा प्रदर्शनी एवं समुदायमा जेसिज २०२३ समापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिभाले समुदायमा लुकेर बसेका तर अवसर नपाएका व्यक्तिहरुको पहिचान गरेको उल्लेख गर्नुभयो । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले समुदायमा भएका थुप्रै प्रतिभाहरुको पहिचान गर्न सहज भएको बताउनुभयो । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरले देशभर जेसीजका रचनात्मक कृयाकलापका कारण सामुदायिक विकासका लागि सहयोग पुगेको धारण राख्नुभयो । कार्यक्रममा जेसीजका केन्द्रीय पदाधिकारीहरु, विभिन्न शाखाका पदाधिकारीहरु, काभ्रे जेसीजका अध्यक्ष सुमित मानन्धर, काभ्रे लेडी जेसीजका अध्यक्ष बुद्धलक्ष्मी मानन्धर,बनेपा जुनियर जेसीजका अध्यक्ष रोजा शिल्पकार लगायतले कार्यक्रमको बारेमा आ आफ्नो धारणा राख्नुभएको थियो । समुदायमा जेसीज अभियान अन्तरगत भदौ १ गते देखि सुरु भएको कार्यक्रममा बनेपा नगरपालिकाका  जनप्रतिनिधिहरुलाई बैठक संचालन सम्वन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम, विद्यालय स्तरीय प्रभावकारी सार्वजनिक भाषण प्रशिक्षण , कन्या पूजाका अवसरमा निशुल्क खानेपानी वितरण, दुई दिने क्रिस्टलको माला तथा धूप बनाउने तालिम सञ्चालन , विद्यालय स्तरीय चित्रकला प्रतियोगिता गर्दै शनिबार सोही अभियान अन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिभा प्रदर्शनी गरिएको थियो । अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिभा प्रदर्शनीमा २५ वटा समूहले नृत्य (एकल, सामूहिक), गायन, व्यक्तित्व विकास सम्बन्धी धारणा राखेका थिए ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्