IMG-LOGO

आर्थिक विकास मित्र साकोसको १७ औं वार्षिक साधारण सभा

 मंगल, असोज २, २०८०  ---

 

आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था पाँचखालको इकाइ बैठक शनिबार अरनीको पार्टी प्यालेस बनेपामा सम्पन्न भयो । बनेपा नगरपालिका उप–प्रमुख विमला सापकोटा दाहालको प्रमुख आतित्थ्यता, संस्थाका अध्यक्ष सरोज सापकोटाको सभापतित्व्मा सम्पन्न कार्यक्रमको  उपाध्यक्ष द्धय सत्यवती भट्टराई र बाबुकाजी पराजुलीले गर्नुभयो । जिल्ला समन्वय समितिको प्रवक्ता अप्सरा सिपखान, बनेपा ७ नं वडा अध्यक्ष हिटलर शाक्य, जिल्ला सहकारी संघ काभे्रका कोषाध्यक्ष राजन शाक्य, जिल्ला बचत संघ काभे्र सहसचिव विकास वादे, संस्थाका सल्लाहकार इश्वरी राजकुमार मैनाली, रामशरण लुइटेल, सत्यनारायण सापकोटा, बासुदेव हुमागाई, रामशरण दाहाल र ज्ञानबहादुर भुजेल लगायतको आतित्थ्यता रहेको थियो । सचिव  नारायण प्रसाद ढुङ्खानाले प्रगति तथा भावी योजना, कोषाध्यक्ष राजन कार्कीले  आ.व २०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन र प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो । लेखापरिक्षण प्रतिवेदन लेखा संयोजक बद्रिप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको थियो । संस्थाका प्रमुख कार्यकारी ठाकुर प्रसाद अधिकारीले संस्थाले नीति विधि र प्रविधिको प्रयोग गरेर सदस्य केन्द्रित वृहत्तर आर्थिक हितको कार्य गरेको बताउनु भयो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्