IMG-LOGO

नमोबुद्धमा नृत्य प्रतियोगिता

 मंगल, असोज २, २०८०  ---

 

बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले नमोबुद्धमा बाल नृत्य प्रतियोगिता गरिएको छ । ५९ औं राष्ट्रिय बाल दिवसको अबसरमा नमोबुद्ध नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न १४ विद्यालयका बालबालिका सहभागी थिए । नगर बालक्लव सञ्जाल उपाध्यक्ष नमूना प्याकुरेलको अध्यक्षतामा भएको प्रतियोगितामा समूह नृत्यतर्फ जनक माध्यमिक विद्यालय प्रथम, भीमेश्वर आधारभूत विद्यालय दोस्रो, दाप्चा माध्यमिक विद्यालय तेस्रो र जनहित माध्यमिक  विद्यालय चौथो भयो । निर्णायक रहेका नृत्य निर्देशक सुदिप श्रेष्ठ र आकृती पसछेले प्रस्तुती, भेषभुषा लगायत विविध पक्षका आधारमा मूल्याकंन गरेका थिए । उद्धघाटन कार्यक्रममा नगर प्रमुख कुनसाङ लामाले बालबालिकाहरु भविष्यका कर्णधार नभइ वर्तमानका साझेदार समेत भएकोले बालबालिकाको क्षेत्रमा नगरले विभिन्न कार्यक्रम गर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, वडा नं १० का अध्यक्ष रामकृष्ण उपाध्याय, शिक्षा शाखा प्रमुख बुद्धिराज अर्याल, महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुनुवार, नगर बालक्लव सञ्जाल उपाध्यक्ष नमूना प्याकुरेल लगायतले यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा प्रस्फुटन हुन मद्धत पुग्ने तर्क गरेका थिए  ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्