IMG-LOGO

जनप्रतिनिधिसँग बालबालिका

 मंगल, असोज २, २०८०  ---

 

५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा बनेपा नगरपालिकाले  जनप्रतिनिधिसँग बालबालिका कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुख शान्तिरत्न शाक्यले बालबालिकाहरुका लागि शिक्षा, स्वास्थ्य तथा पूर्वाधारमा लगानी गरेको बताउनुभयो । विद्यालय तहमा अध्ययन गर्ने २४ हजार बालबालिकाहरुको निःशुल्क आँखा परीक्षण गरी उपचार गराउने व्यवस्था गरिएको भन्दै नगर प्रमुख शाक्यले  बालबालिकाहरुले उठाएका समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख विमला सापकोटाले विद्यार्थीहरुले उठाएका विषयलाई नीतिगत आधारमा र केही व्यवहारिक रुपमा समेत समाधान गर्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईँ , महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख विजया सुवेदी, विद्यार्थी, शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार महासंघ काभे्रका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिनाले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्