IMG-LOGO

बालबालिकाको सम्मान बालबालिकालाई

 मंगल, असोज २, २०८०  ---

 

    ५९ औं बालदिवसको अवसर पारेर बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका  माथिल्लो कक्षाका बालबालिकाले तल्लो तहका बालबालिकालाई सम्मान गरेका छन् । कक्षा५ देखि १० सम्मका  बालबालिकाले नर्सरीदेखि कक्षा चार सम्मका बालबालिकालाई सम्मान गरेका हुन् । ‘‘बालमैत्री शासन,बालअधिकारको सम्मान’’भन्ने मुल नाराका साथ राष्ट्रिय बालदिवसको अवसरमा कक्षा प्ले ग्रुप देखि कक्षा चार सम्मका ५०० भन्दा धेरै बालबालिकालाई पूजा गर्दै बिभिन्न सामग्री उपहार स्वरुप वितरण गरिएको थियो । विगतका बर्षहरुमा जस्तै यो बर्षको सम्मान कार्यक्रममा अभिभावकको बाक्लो उपस्थिती रहेको थियो । विद्यालयले आफ्ना विद्यार्थीहरुलाई पाठ्यक्रमको अलवा व्यावहारिक तथा सामाजिक उत्तरदायित्व वोध गराउने ज्ञानसँग पनि परिचित गराउँदै आइरहेको प्रतिष्ठानका सञ्चालक तथा प्रबन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्