पतंजली योग समिति काभ्रेले नारीहरुको राष्ट्रिय पर्व तिजलाई भव्य रुपमा मनाईएको छ । बनेपा स्थित पतंजली योग भवनको दिव्य हलमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिकाको उप प्रमुख विमला सापकोटाले पानसमा दिप प्रज्वलन गरि सम्उद्घाटन गरिएको थियो । पतंजली महिला समितिका उपाध्यक्ष इन्दिरा तौजलेले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा पतंजली योग समिति बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले, महामन्त्री सुदा कोलनी, काठमाडौँ जिल्लाको महिला अध्यक्ष हिरा अधिकारी, काभ्रे जिल्लाका का. व. अध्यक्ष प्रकाश कायष्ठ, ललितपुर जिल्ला महिला अध्यक्ष अनामिका श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको कार्यक्रमको सभापतित्व काभ्रे जिल्ला महिला समितिका अध्यक्ष अनु श्रेष्ठले गर्नु भएको थियो भने काभ्रे वहिरा विद्यालयका प्रिन्सिपल कृष्ण प्यारी नकर्मी र काभ्रे जिल्लाका सक्रिय महिला उद्यमी लक्ष्मी भालु श्रेष्ठलाई सम्मान गरिएको थियो । यसै बिच बनेपा न. पा. वडा नं. ३, नाला ठुलाचौरमा आयोजना गरिएको उपयोग शिक्षक तालिमको समापन तथा यक्षहोम गरि विर्सजन गरियो । उक्त कार्यक्रमका प्रमुख अतिथि पतंजली योग समिति बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले काभ्रे जिल्लालाई येगमय जिल्ला बनाउने अभियानमा हरेक क्षेत्रबाट उत्साहजनक रुपमा सहयोग पाईरहेको र यस तालिमबाट प्राप्त ज्ञानलाई वृहत रुपमा फैलाउन आग्रह गर्नुभयो । पतंजली योग समितिका का. वा. अध्यक्ष प्रकाश कायष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, बनेपा न. पा. वडा नं. ३ का वडा अध्यक्ष राम प्रसाद दाहाल, महिला अध्यक्ष अनु श्रेष्ठ, पूर्व अध्यक्ष अन्जना श्रेष्ठ, महामन्त्रीद्वय मोहन कृष्ण श्रेष्ठ, कमला राजभन्डारी, संगठन मन्त्रीद्वय श्याम कुमार श्रेष्ठ, पूण्य श्रेष्ठ, मन्त्रीद्वय माधव श्रेष्ठ, महिला कोषाध्यक्ष निर्मला श्रेष्ठ, बनेपा नगर संयोजक मनिसा बडाल, धुलिखेल नगर संगयोजक विष्णु प्रशाद शर्मा र युवा अध्यक्ष रमेश श्रेष्ठले मन्तव्य राख्नु भएको कार्यक्रममा ५९ जना परिक्षार्थीहरु सहभागी रहेको थियो ।
