जिल्ला समन्वय समिति काभ्रे, घरेलु तथा साना उद्योग कार्यालय धुलिखेल र संचारिका समूह काभ्रेको सयुक्त आयोजनामा आईतबार धुलिखेलमा सम्पन्न भयो । उद्यमी केसरी माया पलाञ्चोकेको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा संघीय संसद मिना तामाङ, संविधान सभा सदस्य ललिता किनरिङ, बागमती प्रदेश सांसद रुकु चौलागाई, जिल्ला समन्वय समिति काभ्रे उपप्रमुख रिम बहादुर तामंग, चौंरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई, प्रमुख जिल्ला अधिकारी रूद्रादेवि शर्मा, नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षहरू, गैर सरकारी महासंघ काभ्रेको अध्यक्ष गंगा दोङ र स्थानीय जन प्रतिनिधि, संघ संस्थाका जनप्रतिनिधिहरू, लोकगायक नवराज घोरासैनी लगायतको आतिथ्यता रहेको थियो । जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले सम्बोधन गर्दै तिज महिलाहरुको धार्मिक सांस्कृतिक पर्व हो । महिला जागरूकता, महिला सशक्तीकरणले मात्र देश समृद्धिको यात्राको गन्तव्यमा पुग्ने धारारणा समन्वय प्रमुख गौतमले राख्नु भयो । जिल्ला समन्वय समितिकी प्रवक्ता अप्सरा शिपखानले स्वागत मन्तव्य दिनु भएको समारोहको सञ्चालन सञ्चारिका समूह काभ्रेको अध्यक्ष सुनीता सापकोटाले गर्नु भएको थियो ।
