जिल्ला सहकारी संघ लि. काभे्रले ५६ औं स्थापना दिवस तथा ४२ औं बार्षिक साधारण सभा कार्यक्रम गत मंगलबार सम्पन्न गरेको छ । बागमती प्रदेशका सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रि पुकार महर्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । मन्त्री महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सहकारी संघलाई प्रदेश सरकारबाट जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला सहकारी संघको आ. व. २०८०÷०८१ नीति तथा कार्यक्रम संघका अध्यक्ष दिलिप शर्माले, आ.व. २०७९÷८० को प्रगती प्रतिवेदन सचिव निरन्जन बिष्टले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजन शाक्यले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक शम्भूलाल श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । सहकारी नियमन तथा अनुगमन गरे बापत बनेपा नगरपालिकालाई सम्मान, सहकारी अभियन्ता सम्मान माधव नारायण जोशी, उत्कृष्ट संस्था सम्मान सामूदायिक बचत तथा ऋण सहकारी संस्था पनौती, जिल्लाको उत्कृष्ट कर्मचारी सम्मान गोपाल दाहाल, पत्रकार सम्मान अरबिन्द्र गौतमलाई प्रदान गरिएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिन राज कंडेल, जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, वडा नं ७ अध्यक्ष हिटलर शाक्य, स्थिरिकरण कोष सञ्चालक सदस्य प्रकाश बन्जारा, प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, बिषयगत संघका अध्यक्ष तथा प्रतिनीधिहरु, कोअपरेटिभ मेनेजर्स क्लवका अध्यक्ष मदन बस्नेत , सल्लाहकारहरु एवं सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष दिलिप शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव निरञ्जन विष्टले गर्नुभएको थियो ।
