IMG-LOGO

सुन काण्डमा काभ्रेका तीन प्रक्राउ

 मंगल, असोज २, २०८०  ---

 

    हिमालयन एयरलाईन्सद्वारा नेपाल आएका बाबुलाल दोङ भन्ने व्यक्तिले भन्सार छली गरी अवैध सुन लुकाइ छिपाइ ल्याएको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काठमाण्डौंबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा कामपा वडा नं. ९ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिर हिड्दै गर्दा प्रहरीले फेला पारी प्रक्राउ गरेको प्रहरी उपरीक्षक एवं सूचना आधिकारी कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । प्रहरीका अनुसार खानीखोला गाउँपालिका–३ हाल पनौती नगरपालिका–५ बस्दै आएका २८ वर्षीय बाबुलाल दोङ, रोशी गाउँपालिका–५, साविक शिसाखानी गाविस–३ घर भएका ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिका–३ सानोपखेरा घर भई बनेपा ९ बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्याङतानलाई भदौ २५ गते विहान करीव ११ बजेको समयमा दुबईबाट हिमालयन एयरलाईन्सद्वारा नेपाल आएका बाबुलाल दोङ भन्ने व्यक्तिले भन्सार छली अबैध सुन लुकाइ–छिपाइ ल्याएको भन्ने सूचनाका आधारमा काठमाडांै जिल्ला प्रहरी परिसरबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलासका क्रममा विमानस्थल बाहिर सार्वजनिक बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले फेला पारको जनाएको छ ।  

    सुन मलद्वारमा लुकाइ–छिपाइ ल्याएको अवस्थामा पक्राउ परेका बाबुलाललाई प्रहरी वृत्त गौशालामा लगि चेकजाँच गर्ने क्रममा कालो टेपले बेरिएको २ वटा लाम्चो र डल्लो सुन फेला परेको थियो । सुन कुरेर बसेका अन्य दुई र उनीहरुले प्रयोग गरेका दुईवटा सवारी साधनलाई प्रहरीले काठमाडौं महानगरपालिका–१५ ढल्कुस्थित विगमार्टको पार्किङबाट नियन्त्रणमा लिई भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोध ढुगेंलले बताउनु भयो ।

    पक्राउ परेका भरियाका साथबाट ९६० ग्राम सुनसहित वागमती प्रदेश ०१–२७ प.च. ९९६० नम्वर को क्रेटा गाडी र वागतमी प्रदेश ०२ ०३० प.८५१७ नम्वरको कालो रंगको बुलेट मोटरसाईकल, रेडमी कम्पनीको मोवाईल, पिए १६०८५३८ नम्वरको राहदानी प्रहरीले वरामत गरेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्