अरनिको बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न १६ औं वार्षिक साधारण सभाले रोजी मुनाकर्मीको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा धर्मरत्न रंजित, सचिव रमेशकुमार रंजित, कोषाध्यक्ष बुद्धभक्त रंजित, सञ्चालक सदस्यहरु हिरा शर्मा नेपाल, कृष्ण गोपाल रंजित, रमाकुमारी सिकु श्रेष्ठ र लेखा सुपरीवेक्षण समितिको संयोजकमा राजभाइ मानन्धर, सदस्यमा गोपीचन्द्र शाही र हरिगोपाल श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सचिव रोजी मुनाकर्मीले प्रगती तथा भाविकार्य योजना प्रस्तुत गर्नु भयो । कोषाध्यक्ष रमेश कुमार रंजितले आ.व. २०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण समितिका संयोजक गोपीचन्द्र शाहीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । ६ सय ३१ शेयर सदस्यबाट ९५ लाख १० हजार २०० शेयर पूँजी संकलन भएको कुरा संस्थाका प्रबन्धक सरोज मानन्धरले जानकारी दिनुभयो ।
