आभाष बचत तथा ऋण सहकारी संस्था .लि बनेपाले छोरी अभियान, सदस्य औषधी उपचार राहात प्रदान गरेर सदस्यहरुको बीचमा लोकप्रियता प्राप्त गरेको छ । संस्थाले गत वर्ष मात्रै संस्थाका १ सय १३ जना सदस्यलाई विभिन्न रोगका उपचारका लागि ९ लाख ५७ हजार आर्थिक सहायता उपलब्ध गराएको संस्थाका अध्यक्ष दिनेशराज कायस्ठले बताउनुभयो । त्यसैगरी मातृ मृत्युदर तथा शिशु मृत्युदर कम गर्न मानिसहरुमा अग्रता गराउन र शिशुहरुमा यदि छोरी भएमा भु्रण हत्या गर्ने प्रवृतिलाई निरुत्साइत गर्न छोरी अभियान अन्तरगत प्रत्येक वर्ष मंसिर १४ गते शिर मेमोरियल अस्पतालमा साकोसको जन्मदिनमा जन्मेको शिशुलाई १० हजार प्रोत्सहान स्वरुप दिने रकम दिंदै आएको संस्थाका सचिव प्रकास कायस्ठले बताउनुभयो । आभाष मोबाइल कारोबार सुविधा , हवाइ टिकट खरिद सेवा, नेपल प्राधिकरण बिल भुक्तानी, नेपाल खानेपानी संस्थानको विल भूक्तानी, बैंक ट्रान्फर , आभाष एसएमएस अल्टी सेवा सदस्यहरुलाई सेवा प्रदान गरेकोे संस्थाका प्रमुख प्रवन्धक सुवास वैद्यले जानकारी दिनुभयो । शनिबार सम्पन्न आभाष साकोषको १४ औं वार्षिक साधारण सभाको उद्घाटन बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले गर्नुभयो । संस्थाका उपाध्यक्ष ग्रुवेन तौजलेले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा सचिव प्रकाश कायस्ठले प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष धर्मभक्त प्रधानले आ.व ०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक विकास वैद्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाक्यले सहकारी संस्थाका सेयर सदस्यको शक्रिय चासो नहुनु , सहकारी संस्थाका सञ्चालक र संस्थाको अवस्थाको सुझ बुझ बिना रकम बचत गर्दा समस्या आएको बताउनुभयो । २ सय ३० वटा सहकारी संस्था सञ्चालन रहेको बनेपामा २२ वटा सहकारीहरु समस्यामा रहेको अन्यकोे अवस्था समान्य रहेको उल्लेख गर्दै स्थानीय सरकारले अनुगमनको दायरा भित्र रहेका सहकारीहरुको अवस्थालाई व्यवस्थित गर्न र बेथितिमा सञ्चालनमा रहेको प्रमाण भएमा जोबाट भएको छ त्यसलाई कानुनको दायरामा ल्याउन नगरपालिका कटीबद्ध रहेको उल्लेख गर्नुभयो । संस्थाका प्रमुख सल्लाहकार एवं नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष शुरकृष्ण वैद्य, बनेपा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष हिटलर शाक्य , ८ नं वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, नेपाल पत्रकार महासंघ काभे्रका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समितिका संयोजक रमेश प्रसाद न्यौपाने, मेनेजर्स क्लब काभे्रका उपाध्यक्ष एवं ज्योति मिर्मिरे सामुदायिक साकोस पनौतीका कार्यकारी अधिकृत गोपाल दाहाल, बागमती ट्रिपर व्यवसायि संघ काभे्रका उपाध्यक्ष सुरेश खत्री, छिमेकी सहकारी संस्थाका प्रतिनिधिहरुको आत्तिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष दिनेशराज कायस्ठको सभापतित्मा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख प्रबन्धक सुवास वैद्यले गर्नुभएको थियो । आभाष साकोषले ५ हजार ८ सय ३२ शेयर सदस्यबाट ८१ लाख २ हजार २०० शेयर पूंजी संकलन गर्न सफल भएको छ । ६० करो ७२ लाख ६९ हजार ४ सय ३८ बचत निक्षेप संकलन, त्यस्तै गरी जगेडा कोष २ करोड ३० लाख ३१ हजार ३१ रहेको छ । ९ करोड ६३ लाख ६२ हजार ७ सय २७ कुल सञ्चालन आम्दानी रहेको संस्थाले जनाएको छ ।
