IMG-LOGO

एसओएस बालग्रामको प्रविधिमैत्री शैक्षिक तालिम

 मंगल, असोज २, २०८०  ---

 

        एसओएस बालग्राम नेपालले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ  प्रविधिमैत्री शिक्षण सिकाई प्रभावकारी तुल्याउन ५ दिने तालिम धुलिखेल लर्ज रिसोर्टमा सञ्चालन गरेको छ । बुधबार बनेपा नगरपालिका नगरप्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतित्थ्यतामा प्रारम्भ भएको तालिम कार्यक्रममा एसओएस बालग्राम राष्ट्रिय निर्देशक डा. गंगावहादुर  गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाक्यले एसओएस बालग्राम स्कुलले देशको शैक्षिक विकासमा समेत इट्टा थपेको  र काभे्र जिल्लामा समेत सामुदायिक विद्यालयहरुको शैक्षिक क्षेत्रमा सहयोग पु¥याएकोमा धन्यवाद दिनुभयो । शिक्षण सिकाइमा प्रभावकारीता ल्याउन केन्द्र प्रदेश र स्थानीय सरकारले शिक्षामा गरेको लगानीको प्रतिफल सामुदायिक विद्यालयहरुको शिक्षकहरुले जिम्मेवारी पूरा नगरेको कारण गुणस्तर खस्केकाले थप जिम्मेवारी वहन गरी नतिजा राम्रो ल्याउने अवस्था सृजना गरी संस्कार सहित, देशमै काम गर्ने अवस्थाको जनशक्ति तयार गर्न शिक्षकहरु नै लाग्नुपर्ने लगानी सरकारले आवश्यकताको आधारमा गर्ने कुरा प्रमुख अतिथि शाक्यले उल्लेख गर्नुभयो ।

        नगर प्रमुख शाक्यले बनेपा नगरको शिक्षण सिकाईलाई थप स्तरीय बनाउन हरेक वर्ष ४ ÷४ वटा विद्यालयलाई नमुना बनाउन १० ÷१० लाख बजेट उपलब्ध गराएर शैक्षिक विकासमा सहयोग पु¥याएको प्रष्ट पार्नुभयो । एसओएसका युवा तथा शिक्षा विभाग प्रमुख राजेन्द्रकुमार श्रेष्ठले बाल केन्द्रित शिक्षा प्रदान गर्न प्रविधिको विकासको सहि सदुपयोग गरी उपलब्धी हाँसिल गराउन देशको १५ वटा जिल्लाको सामूदायिक विद्यालयहरुलाई सहयोग पु¥याएको बताउनुभयो । निर्देशक तुलसीरत्न छुजुले बालबालिकाहरुको ब्यक्तित्व विकास, शैक्षिक स्तर वृद्धि, बालअधिकारको संरक्षण गरी २ लाख ४२ हजार विद्यार्थीहरुलाई शैक्षिक उन्नतीप्रगतिमा सहयोग पु¥याएको उल्लेख गर्नुभयो । एसओएस बालग्राम बनेपमा हाल ७ सय ३२ विद्यार्थीहरु अध्ययनरत रहेको, छात्रवृत्ती सहित गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर  लागि परेको कुरा निर्देशक छुजुले बताउनुभयो । बनेपा नगरपालिका शिक्षा शाखा  अधिकृत शिवराज त्रिपाठी, धुलिखेल नगरपालिका शिक्षा शाखा सहायक प्राविधिक पवित्रा कोइराला, सामुदायिक रेडियो जिल्ला समन्वय समिति काभे्रका संयोजक रमेश प्रसाद न्यौपाने, बनेपा, धुलिखेल, र पनौती गरी १५ वटा सामुदायिक विद्यालयका ३० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।  एसओएस बालग्राम राष्ट्रिय निर्देशक डा. गंगाबहादुर गुरुङले शिक्षकहरुले शिक्षामा परीवर्तन ल्याउन परम्परावादी शिक्षण पद्दतीलाई त्याग्ने, समय सापेक्ष प्रविधिको विकासलाई आत्मसात गरी सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने, अरुलाई मात्र गलत देखाई आफू काम नगर्ने प्रवृतीको अन्त्य गर्ने हो भने शैक्षिक गुणस्तरीयतामा वृद्धि भई विद्यार्थीहरुको सुनौलो भविष्य निर्माण हुने बताउनु भयो । कार्यक्रमको सञ्चालन परीयोजनाको फोकल पर्सन रोशनी सिलवालले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्