IMG-LOGO

शिक्षकहरु आन्दोलित

 मंगल, असोज २, २०८०  ---

 

        संसदमा प्रस्तुत हुन लागेको नयाँ शिक्षा विधेथक सार्वजनिक शिक्षा हित विपरीत भन्दै विभिन्न शिक्षक संगठनहरु विरोधमा उत्रेका छन् । २०२८ सालको शिक्षा ऐनले नेपालको शिक्षा प्रणालीमा सञ्चालन भइराख्नु लज्जासपद स्थितिमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेक २०८० संघीय संसदमा दर्ता भएको भएपनि नेपालको संविधान २०७२ को भावना र मर्म विपरीत सार्वजनिक शिक्षा माथि नै धावा बोलेको र आम नागरिकको निःशूल्क शिक्षा प्राप्त गर्ने अधिकारलाई कुण्ठीत गर्ने र शिक्षाका सक्षम व्यक्तिलाई निरुत्साहीत गर्ने गरी नयाँ शिक्षा विधेक प्रस्तुत गरेकोमा शिक्षक संगठनहरुले आपत्ति जनाएका छन् । २०८० असोज ३ गते विरोध ¥यालीका लागि सबै शिक्षक कर्मचारीलाई माइतघर मण्डलामा ११ बजे उपस्थित हुन आग्रह गरेको छ । आगामी असोज ४ गते देखि सार्वजनिक विद्यालय बन्द गरी आन्दोलनमा उत्रन आह्वान गरेको छ । तीनै तहका सरकारले आयोजना गर्ने शिक्षा दिवस लगाएत सबै खाले कार्यक्रमहरु बहिस्कार गर्ने गरी आन्दोलन घोष्णा गरेका छन् । नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष शम्भु प्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेका अध्यक्ष रामचन्द्र थापा, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन काभ्रेका अध्यक्ष चेत बहादुर लामा, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेका अध्यक्ष प्रेम बहादुर बस्नेत, नेपाल शिक्षक परिषद् काभ्रेका अध्यक्ष खड्ग प्रसाद सापकोटा, पेन्सन वञ्चित शिक्षक समाज काभ्रेका अध्यक्ष जीवन भण्डारी, नेपाल विद्यालय कर्मचारी परिषद् काभ्रेका अध्यक्ष मोट प्रसाद सापकोटा लगायतले विज्ञप्तीमा हस्ताक्षर गर्नुभएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्