समयमा भक्तपुर जिल्ला सुर्यविनायक न.पा. ८ शुत्रबार साँझ ७ः४० को आदर्श भक्तपुर फ्युल सेन्टर अगाडी जगातीबाट सुर्यविनायक तर्फ जाँदै गरेको बाग्मती प्रदेश –०२–०२३ प २८५९ नं को मोटर साइकल र विपरित दिशा तर्फ आउँदै गरेको प्रदेश नं ३ –०२–००२प ६९३ नं को मोटर साइकल एक आपसमा ठक्कर खाई ६९३ नं को मो.सा. अनियन्त्रित भई सुर्य विनायकबाट जागाती तर्फ आउदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २४११ नं को टेलर गाडीमा समेत ठक्कर खाई सवारी दुर्घटना हँुदा ६९३ नं को मोटरसाइकल पछाडी सवारी काभ्रे बनेपा न.पा.२ घिमिरेगाउँ बस्ने वर्ष २५ की नविना काफ्ले घिमिरे घटनास्थलमा नै मृत्यु भएको, लास पोस्टमार्टमको लागी के.एम.सि. दुवाकोट अस्पताल लगेको, दुवै मोटरसाइकल चालकहरु घाईते भई उपचारको लागी मध्यपुर अस्पताल ठिमी लगेको, तिन वटा सवारी साधन वृत जगातीको नियन्त्रणमा लिएको छ, उक्त स्थानमा प्र.नि.जितेन्द्र श्रेष्ठको कमाण्डमा (९८५१२८१६२३) १० जनाको टोली खटिईएको, वृत जगाती बाट १ कि.मि.पश्चिम पर्ने, टेलर गाडी चालक पर्सा जिल्ला विरगन्ज म.न.पा.२ बस्ने वर्ष २५ को हासिब हुसेन अन्सारी वृत जगातीको नियन्त्रणमा छ ।
६९३ नं को मो.सा.चालक काभ्रे बनेपा न.पा.२ घिमिरे गाँउ बस्ने वर्ष ३० को किरण घिमिरे, बोल्न सक्ने, दाहिने हातको पञ्जामा र दाहिने खुट्टाको थाई र पिडौलामा भित्री चोट लागेको जनाएको छ । २८५९ नं को मोटरसाइकल चालक ओखलढुङ्गा सुनकोशी गा.पा.४ घर भई हाल नलिनचोक बस्ने) वृत जनसेवा दरबन्दी भई हाल ऐ. कार्यालयमा कार्यरत वर्ष ३२ को हिरा बडाल, बोल्न सक्ने, दुवै हातको नाडीमा दछारिएको, ढाडमा भित्री चोट र दाहिने खुट्टाको घुँडा फ्याक्चर भएको प्रहरीले जनाएको छ ।
