IMG-LOGO

पोर्टेज छिटो प्रतिरोधात्मक आधारभुत तालिम सम्पन्न

 मंगल, भदौ २६, २०८०  ---

 

     जापान पोर्टेज संस्था, जापानको आयोजक र पोर्टेज तथा पुनस्र्थापना संस्था नेपालको सहआयोजकमा जुम अनलाइनबाट पोर्टेज छिटो प्रतिरोधात्मक आधारभुत तालिम हालै सम्पन्न भएको छ । यस तालिमको उदघाटन कार्यक्रम प्रमुख अतिथी तथा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यबाट शुभारम्भ भएको थियो भने समापन कार्यक्रम जापान पोर्टेज संस्थाका अध्यक्ष प्रा. नाओजी शिमिजुको सारगर्भिक महत्वपुर्ण भनाई र पोर्टेज नेपालका अध्यक्ष सुरथ बहादुर थापाबाट सबैलाई धन्यवाद सहित समापन गर्नु भएको थियो । समापन समारोहमा सहभागिहरुको तर्फबाट सिन्धुली जिल्लाका ज्ब्ल्म्क् ल्भउब िका संयोजक कमला लामा, लुम्बिनीका सहजकर्ता माया गुप्ता र काभ्रे जिल्ला बनेपाका सहजकर्ता सन्ध्या मानन्धरले तालिमको प्रतिक्रिया दिनु भएको थियो ।

     पोर्टेज तथा पुर्नःस्थापना संस्था नेपालका निर्देशक मणिराज श्रेष्ठले नेपालमा पोर्टेज कार्यक्रम संचालन र भावी कार्यक्रमका बिषयमा सहजिकरण गर्नुका साथै तालिम कार्यक्रम संचालन गर्नु भएको थियो । सो तालिममा प्रा. नाओजी शिमिजुबाट जापान पोर्टेज संस्थाको संक्षिप्त परिचय, बिश्वमा पोर्टेज कार्यक्रमको शुरुवाट र संचालनको अबस्था र जापान पोर्टेज संस्थाका उपाअध्यक्ष एवं केन निशिनागाले दैनिक जीवन यापनमा चुनौती पूर्ण ब्यबहारको बुझाई र प्रतिरोधात्मक तथाविकासात्मक समस्या भएका बालबालिकाहरुको निदान (पहिचन) र ती बालबालिकाहरुको लेखाजोखा बारे र पुर्व निर्देशक माचिको योशिकावाले पोर्टेज कार्यक्रमबाट अभिभावकहरुलाई प्रक्रियागत रुपमा सिकाइमा कसरी मद्दत गर्ने भन्ने बारे सहजिकरण गर्नु भएको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्