प्राचीन सहर बनेपा मध्यपहाड जिलाकै व्यापारीक नगरी विगत १ सय २१ वर्ष अघि देखि नै छोरा भन्दा छोरीलाई महत्व दिने गरेको पाइन्छ । १० वर्ष ननाघेको कन्याहरुको पूजाको परम्पराले एउटा गतिलो सन्देश दिएको पनि छ, छोरा छोरी बराबरीु । नेपालमा अन्य स्थिानमा नगरिने यो कममा बनेपालीहरु वि.स १९५९ जुट्दै आएका छन् । बनेपामा सनातन कन्या पूजा प्रबन्ध समिति मार्फत पूजा सञ्चालन हुँदै आएको छ । स्वतःस्फूर्त गरिने यस कन्या पूजामा बषेनी करिश आठ देखि दश हजार कन्या सहभागी हुने गर्छन् । बनेपा नगरको भोलखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटिमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । १० वर्ष मुनिका कन्यालाई पूज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिहरुलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पुज्नेको ठूलो भिड हुने गर्दछ । कन्यालाई पूज्न काठमाडौं, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेको समितका अध्यक्ष रामगोपाल कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार कन्या पूजामा १३५ जना भक्तजनले दान दक्षिणा तथा प्रसाद वितरण गर्दछन । बनेपाको पूजामा काभे्रपलाञ्चोकाको अलवा छिमेकी सिन्धुपाल्चोक, सिन्धुलि, भक्तपुर तथा काठमाडौंका रजश्वला नभएका कन्याको सहभागिता हुने गर्दछ । किंवदन्ती अनुसार रजस्वला नभएका कन्याको पूजा गर्नाले उनीहरुमा सुख, शान्ति, समृद्धि छाउने जनविश्वास रहेको छ । अर्को किंवदन्ती अनुसार रजश्वला नभएका र वेल विवाह नगरिएका कन्याहरुको लाममा देव कन्या।, नाग कन्या, गन्धर्व कन्या, किन्नर कन्या र किच कन्या समेत मानव कन्याका भेषमा आउने भएकाले उनीहरुलाई आरध्येवी चन्डेश्वरी देवीकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने तथा बनेपा सात गाउँलाई राक्षसबाट मुक्त गराउन सफल चण्डेश्वरी देवीको रुपमा कन्या भएकाले कन्यालाई पुज्दै आएको बताइन्छ । कन्याहरुको स्वागत एवं सम्मानको लागि बनेपाका नेवार समूदायले विभिन्न प्रकारका झाँकी र बाजाको समेत व्यवस्थापन गरेका थिए । बनेपाका भोछीभयाका खलक चण्डेश्वरीका सन्तती मानिने भएकाले कुनै जाति या वर्गका आधारमा भेदभाव नराखी उपस्थित कन्याको पूजा हुन्छ । बनेपा नगरपालिका ३ भोलाखाँ टोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्याको पूजा हुने गर्दछ । स्थानीय इतिहाँसविद ज्ञानकाजी मानन्धरका अनुसार कुनै समयमा बनेपाका एक नेवार समूदायका व्यक्तिले धेरै दुख भएपछि बुइगलमा राखेर आफ्नो घरका कन्यालाई पूजा गरेका थिए ।सोहिलाई प्रचलस्वरुप नेवार समूदायका रजश्वला नभएका कन्या मात्रै पुजिंदै आएपनि केहि समय पछि सबै जातजातिका कन्यालाई पनि पुजिदै आइएको हो । बनेपामै वर्षमा दुई पटक कन्या पूजाको आयोजना गरिन्छ । कृष्ण जन्माअष्टमीको दुई दिन अघि अर्थात सोमबार गरिएको पूजामा भने करिब एक हजार पाँच सय कन्या पूजिएका थिए । बनेपाको साँगा, नाला, पाँचखाल र दाप्चा क्षेत्रमा पनि कन्याहरु पुजिने गरिएको छ । यस्तै गरी धुलिखेल नगरपालिका वडा नं ८ वडालगाउँमा विगत ६ वर्षदेखि कृष्णाजन्माअष्टमीको दिन कन्याहरु पुँजिदै आएको कुरा जनचेतना यूवा समूहका उपाध्यक्ष रमेश प्रसाद बडालले जानकारी दिनुभयो । वडाध्यक्ष विनोद गौतमको आत्तिथ्यतामा सम्पन्न कन्यापूजा कार्यक्रमको संयोजन समितिका सदस्य एवं साँस्कृतिक संयोजक सागर सापकोटाले गर्नुभएको थियो ।
