IMG-LOGO

नृत्य प्रतियोगीतामा सेन्टलम स्कुल सिनीयर

 मंगल, भदौ २६, २०८०  ---

 

     नेपाल प्याब्सनले आयोजना गरेको जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको सिनियरमा सेन्टलम र जुनियरमा उग्रचण्डी स्कुलका विद्यार्थी प्रथम भएका छन । दोश्रो भने पनौती अंग्रेजी माध्यामिक विद्यालय, तेश्रो उग्रचण्डी अंग्रेजी माध्यामिक विद्यालय नाला र वेष्ट पर्फममेन्स ग्रामीण पाठशाला भकुण्डेवेशीले पाएको छ । त्यस्तै जुनियर तर्फ भने उग्रचण्डी अंगे्रजी मावि प्रथम, पनौती अंग्रेजी मावि दोश्रो, सेन्टलम तेश्रो, ग्रामीण चौथो र वेष्ट पर्फममेन्सको अवार्ड न्यु मोडल एकेडेमी बनेपाले हात पारेको छ । विजयी विद्यालय र विद्यार्थीलाई अर्वाडले शुक्रबार विशेष कार्यक्रमका बीच सम्मान गरिएको छ । विद्यार्थी भित्र रहेको सृजनालाई बाहिर ल्याउने उदेश्यले आयोजना गरेको प्रतियोगितामा जिल्ला समन्वय समिती काभ्रेका प्रमुख दीपक गौतमले एन प्याब्सनका विद्यालयले निक्कै राम्रो सृजनशिल प्रस्तुती गरेको भन्दै प्रशसा गर्नुभयो । कार्यक्रममा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, एन प्याब्सनका उपाध्यक्ष शम्भु अधिकारी, उपमहासचिव प्रकाश खड्का, बागमती प्रदेशका उपाध्यक्ष डिएम महतो, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, एन पयाब्सन जिल्ला अध्यक्ष अग्नि ज्ञवाली, क्यान काभ्रेका अध्यक्ष रामचन्द्र न्यौपाने लगायत सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा सुर्य पौडेलले कार्यक्रमको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो भने संचालन विदुर भण्डारीले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्