IMG-LOGO

दाप्चामा मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर

 मंगल, भदौ २६, २०८०  ---

     दाप्चा ÷ नमोबुद्ध नगरपालिका वडा नं ८ स्थित दाप्चा माध्यमिक विद्यालयमा मुटुरोग सम्बन्धी विशेषज्ञ सहितको स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर नमोबुद्ध सेवा समाज, काठमाडौंको आयोजनामा मुटुरोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ५४ जना लाभान्वित भएको नमोबुद्ध सेवा समाजका अध्यक्ष विरेन्द्र लामाले जानकारी दिनुभयो । वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. अंगदमणि श्रेष्ठको नेतृत्वमा स्वास्थ्य परिक्षण गरीएको हो । मुटुरोग तथा अन्य रोग सम्बन्धी स्वास्थ्य परिक्षण तथा परामर्श, निशुल्क औषधी वितरण, निशुल्क इसिजी सेवा, निशुल्क प्याथोलोजी ल्याव साथै रगत, पिसाव निशुल्क परिक्षण गरिएको थियो । स्वास्थ्य शिविर कार्यक्रममा नगर प्रमुख कुन्साङ लामा, नगर उपप्रमुख रत्नबहादुर लामा वडा नं ८ का अध्यक्ष शेरबहादुर तामाङ, वडा न. १० का अध्यक्ष रामकृष्ण उपाध्याय, ११ का वडा अध्यक्ष कृष्णबहादुर तामाङ, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, आयोजक संस्थाका पदाधिकारी लगायत स्थानीयको उपस्थिती रहेको  थियो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्