IMG-LOGO

उग्रतारा सहकारीका जेष्ठ सदस्यहरलाई भत्ता र स्वास्थ्य उपचार सेवा

 मंगल, भदौ २६, २०८०  ---

 

     उग्रतारा बहुउद्देश्य सहकारी संस्था लि. बनेपाले संस्थाका जेष्ठ सदस्यहरुलाई वार्षिकरुपमा जेष्ठ नागरिक भत्ता उपलब्ध गराउँदै आएको छ । ८० वर्ष माथिका जेष्ठ सदस्यहरुलाई वार्षिक जनहि ५ हजारका दरले भत्ता सहित हरेक वर्ष सम्मान गरिदै आएको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण भक्त थापाले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७८÷०७९ मा २४ जना र आ.व ०७९ ÷०८० मा १९ जना जेष्ठ सदस्यहरुलाई सम्मान सहित वार्षिक जनहि ५ हजार रकम प्रदान गरेको छ । शनिबार कायस्ठ बैन्क्वेट बनेपामा आयोजित उग्रतारा बहुउद्देश्य सहकारी संस्थाको २० औं साधारण सभा संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेको सभापतित्वमा र बनेपा नगरपलिका नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतित्थ्यतामा सम्पन्न भयो । बेथिति मौलाएको, सदस्यहरुले सहकारी संस्थामा आफूले जम्मा गरेका बचत फिर्ता नपाउको बर्तमान परिस्थितिमा केहि सहकारी संस्थाहरुमात्र नीति  विधिमा सञ्चालन हुनुले गम्भीर चुनौतीको  सामना गर्नुृ पर्ने स्थिति आएकाले शेयर सदस्यहरुले सहकारी संस्थाहरु के कसरी सञ्चालन भएका छन् नियम संगत छन् कि छैनन बुझ बुझारत गरेर मात्र सहकारी संस्थको सदस्य बनेर बारोबार गर्न आग्रह गर्नुभयो । २० वर्षको अन्तरालमा उग्रतारा सहकारीले  २ हजार ५ सय शेयर सदस्य २ करोड हाराहारकिो नाफा गरी सहकारलिाई गतिशिल बनाउन लागि परेकोमा उग्रतारा सहकारी संस्थाका सञ्चालक टिम र कर्मचारी वर्गलाइ नगर प्रमुख शाक्यले धन्यवाद दिनुभयो । संस्थाका सचिव दियश रत्न शाक्यले संस्थाको प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषध्यक्ष लक्ष्मी लाल राज भण्डारीले आ.व ०७९ ÷०८० को लेखापरीक्षण प्रतिवेदन र प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक शान्ति राज कायस्थले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । २ हजार ५ सय १९ शेयर सदस्यहरुबाट ५ करोड २६ लाख  ६१ हजार ३ सय शेयर पूंजी संकलन, ७६ करोड ४८ लाख ५१ हजार, १४ लाख ७७ हजार ५ सय २८ कुल आम्दानी गर्न सकेको छ । आयकर अघिको मुना फा १ करोड ९३ लाख ८४ हजार ७ सय ५४ रहेको छ । संस्थाका शेयर सदस्यहरुलाई अनतैषधी उपचार खर्च, सदस्य मृत्यु राहत १० ÷१० हजार  प्रदान गर्दै आएको कुरा संस्थाका उपाध्यक्ष पुष्प काजी श्रेष्ठले बताउनुभयो । संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेले उग्रतारा सहकारी नीति विधि र प्रविधिमा आधारित सञ्चालित भएकोले कुनै खालको समस्या नरहेको बताउनुभयो । कार्यक्रममा सामूदायिक रेडियो प्रसारक संघ, जिल्ला समन्वय समिति काभे्र जिल्लाका संयोजक रमेश प्रसाद न्यौपाने, सल्लाहकार हरिभक्त भोछिभोया, कमला कायश्थ र संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी सञ्चालक दिव्यश्वरी श्रेष्ठ पोटेले गर्नुभएको थियो । उक्त २० औं साधारण सभाले पूर्णप्रसाद पलाञ्चोकेको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । उपाध्यक्ष  पुष्पकाजी श्रेष्ठ, सचिव दिपेश रत्न शाक्य, कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारी, सदस्यहरु प्रकाश चन्द्र जोशी, उद्धवप्रसाद तिमल्सिना, श्यामकृष्ण श्रेष्ठ, त्यसैगरी लेखासुपरीवेक्षण समितिका संयोजक शान्तिराज कायस्थ, सदस्यहरु महेश्वरभक्त भोछिभया र सुधिर पलाञ्चोके रहेको लेखा सुपरीवेक्षण समिति गठन भएको छ । निर्वाचन उपसमितिका संयोजक रमेश प्रसाद हुमगाइले निर्वाचित भएको घोषण गर्नभउको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्