बनेपा ÷ परम्परागत खाना, सँस्कृती भेषभुषा तथा स्वच्छ हाइजेनिक परिकारको प्रबद्धन गर्ने उद्देश्यले आयोजित बनेपामा बृहत “काभे्रपलाञ्चोक फूड फेष्टिबल” नेवारी सुकुल भोज तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार र शनिबार २ दिने उक्त कार्यक्रम अन्तरगत बनेपास्थित अरनिको पार्टी प्यालेसमा नेवारी सुकुल भोज तथा रेडक्रस चोकदेखि भिम्सेनथान सम्मको मार्गमा फूड फेष्टिभल तथा साँस्किृत कार्यक्रमको आयोजना गरिएको थियो । काभे्रपलाञ्चोक होटेल तथा रेष्टुरेन्ट ब्यवसायी संघ र पार्टी प्यालेस तथा क्याटरीङ संघद्धारा आयोजित फेष्टिबलको बनेपा नगरप्रमुख शान्तिरत्न शाक्य र उप प्रमुख विमला सापकोटा दाहालले बेलुनको झुप्पा उडाएर संयूक्त रुपमा उद्घाटन गर्नुभएको हो । उद्घाटनका अवसरमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो । फेष्टिबलमा करिब ५० स्टलमा विभिन्न प्रकारका नेवारी लगायत खानेकुरा राखिएको होटल तथा रेष्टुरा ब्यवसायी संघ काभे्रका अध्यक्ष श्यामकुमार भालुले बताउनु भयो । यसैबीच दुई संघले असोज महिनादेखि संयूक्त रुपमा अर्को स्थानमा फुड फेष्टिबल कार्यक्रमको आयोजना गर्ने जनाएका छन् । जिल्लामा हरेक महिना फूड फेष्टिबल सक्यौँ अब असोजमा जिल्लाको अर्को स्थानमा आयोजनाको ब्यवस्थापन गर्न संयूक्त रुपमा योजना बनाउने तर्क गर्नुभयो । अन्य स्थिानमा गरिने फूड फेष्टिबलमा बनेपामै गरिएको प्रकृतिको कार्यक्रम गरिने छ ।
