IMG-LOGO

सिन्धु विकास बैंकको वार्षिकोत्सवमा सामाजिक क्रियाकलाप

 मंगल, भदौ २६, २०८०  ---

 

     मिति २०८० साल भाद्र २४ गते सिन्धु विकास बैंक लिमिटेडले आफ्नो १४औं बार्षिकोत्सव बिभिन्न कार्यक्रमहरु गरी मनाएको छ । बैंकको बार्षिकोत्सवको अवसरमा बैंकले बिभिन्न कार्यक्रमहरु मध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपालाई ट्राफिक उपरकारण तथा सुराक्षा सामाग्री हस्तान्तरण, ग्रामोदय आधारभुत बिधालय पनौती लगायत बिभिन्न बिधालयहरुमा शैक्षिक सामाग्रीहरु बितरण तथा खेलकुद प्रतियोगीता गर्नुका साथै बैंकको कर्पोरेट कार्यालय बनेपा तथा क्षेत्रीय कार्यालय नारायणगढको पाङ्गगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा बनेपा बजार तथा नारायणगढ बजार आसपास क्षेत्रका स्थानीय बासिन्दा, नेपाल प्रहरी, जिल्ला रेडक्रस सोसाईटी तथा विभिन्न बैक बित्तिय संस्था एवं अन्य संघ संस्थाका प्रतिनीधिहरु लगाएत बैंकका संचालक समितिका अध्यक्ष, संचालक लगाएत उच्च कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयोे । उक्त खुला रक्तदान कार्यक्रममा करिब १०० जनाले रक्तदान गर्नु भएको थियो ।

     सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

     बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत मोवाईल बैकिङ्ग, क्ऋत् डेबिट कार्ड, क्ःक् द्यबलपष्लन, त्तच् ऋयमभ, ऋ–ब्क्द्यब्, ऋयललभअत क्ष्एक्, च्त्न्क् लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको कुरा बैंकका बजार प्रर्वधक हेड रविकुमार उपाध्यायले जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्