IMG-LOGO

नमोबुद्ध नगरपालिकामा योग प्रशिक्षण प्रारम्भ

 मंगल, भदौ २६, २०८०  ---

     पतंजली योग समितिको आयोजना र नमोबुद्ध नगर समितिको संयोजनमा योग प्रशिक्षण शुरु भएको छ । उक्त योग प्रशिक्षणको उद्घाटन नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाले गर्नुभएको थियो । नगरप्रमुख लामाले योग सबै नागरिकलाई अनिवार्य जस्तै भएकाले नगरका सबै वडामा विस्तार गर्ने बताउनुभयो । कार्यक्रममा पतंजली बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा योग समिति काभ्रेका कार्यबाहक अध्यक्ष प्रकाश कायष्ठ, महिला समिति अध्यक्ष अनु श्रेष्ठ, संगठन मन्त्री श्याम श्रेष्ठ, सल्लाहकार अमृतलाल पलान्चोके, मन्त्री लक्ष्मी उलक, बनेपा नगर संयोजक मनिषा बडाल लगायतले योगका बारेमा मन्तव्य राख्नुभएको थियो । कार्यक्रम नमोबुद्ध नगर समिति संयोजक रामहरी आचार्यको सभापतित्वमा भएको थियो भने संचालन महामन्त्री कमला राजभण्डारीले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्