IMG-LOGO

एक्सप्रेस साकोस अब ईश्वरले हाँक्ने

 मंगल, भदौ २६, २०८०  ---

 

     एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाले भाद्र २३ गते संस्थाको कार्यालय भवनमा पन्ध्रौ वार्षिक साधारण सभा तथा वार्षिकोत्सव सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष देवसागर लामाको सभापतित्वमा संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति तथा विभिन्न उप–समितिहरु, कर्मचारी वर्ग र सदस्यहरुको उत्साह जनक सहभागितामा सौहार्द वातावरणमा सदस्यहरु सँग छलफल तथा अन्तरक्रिया गर्दै संस्थाले आफ्नो १५ औं वार्षिक साधारण सभा तथा स्थापना दिवस सम्पन्न गरेको छ ।

     यस वर्ष संस्थाको निर्वाचन वर्ष समेत रहेको हुँदा अधिवक्ता तथा निर्वाचन समितीका संयोजक कमल प्रसाद तिमल्सिनाको निर्वाचन उप–समितीले ईश्वर के.सी.को अध्यक्षतामा ९ सदस्यीय संचालक समित पुजन श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिती समेत निर्विरोध निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष विगतलामो समय देखि कोषाध्यक्षको भूमिकामा जिम्मेवारी निभाउँदै आउनु भएको थियो ।

     निर्वतमान अध्यक्ष देवसागर लामाले नव नेतृत्वलाई शुभकामना व्यक्तगर्दै संस्थाको उत्तोरत्तर प्रगतीको कामना गर्नुका साथै एक्सप्रेस साकोसप्रति विद्यमान परिस्थितिमा पनि सदस्यहरुले देखाउँनु भएको माया, विश्वास र सद्भावप्रति सम्पूर्ण सदस्यहरु, सरोकारवाला निकाय, शुभचिन्तक महानुभावहरु सबैलाई हार्दिक आभार ब्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष ईश्वर के.सी.ले अबका दिनमा अझै प्रवाभकारी रुपमा ऐन–नियम परिधीमा रहि स्तरीय र दिगो संस्थाको रुपमा सदस्यहरुलाई केन्द्रमा राखी पूर्ण जिम्मेवारी र जवाफदेहिताका साथ सदस्य माझमा कार्य गर्ने प्रतिबद्धता जनाउँनु भयो र अव चाँडै नै संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधी मैत्री सेवा अन्र्तगत मोबाईल र एस.एम.एस. बैंकिङ्ग सेवा पनि शुरु गर्न लागेको कुरा बताउँनु भयो ।

     संस्थाले आ.व.को अन्त्य सम्म सदस्यहरुको विश्वास र कारोबारलाई स्थिरता कायम गर्न सक्षम भएको छ । संस्थाको सम्पत्ति तथा दायित्वरु.२६,४६,९५,९१६।३० बराबरको रहेको छ । संस्थामा शेयर पूँजी १,७९,६८,०००।०० रहेको छ । पल्र्स रिपोर्ट अनुसार संस्थामा २५.९५% तरलता ब्यबस्थापन रहेको छ । यस आ.व.मा संस्थाले खुद बचत (नाफा) रु.७५,०९,४१९।४० गर्न सफल भएको छ । संस्थाले जगेडा कोष लगाएत अन्य कोष हिसावहरुमा आ.व. को असम्ममा रु. ३,२५,७१,१९३।६७ निर्माण गर्न सफल भएको छ । संस्थाले आ.व. २०७९÷०८० मा विभिन्न शिर्षक मार्फत राज्य कोषलाई १३,९६,१२५।२५ बराबरको कर योगदान गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले नीति विधि र प्रविधिको प्रयोग गरी संस्थाका शेयर सदस्यहरुको बृहत्तर आथिक हितको कार्य गरेको बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्