नमोबुद्ध नगरपालिका स्थित भकुण्डेमा रहेको मेथिनकोट अस्पतालमा मृगौला रोगको उपचारको लागि डायलासीस सेवा सुरु गरिएको छ । हाल पाँच वटा अत्याधुनिक मेशिनबाट डायलासीस सेवा सुरु गरिएको अस्पतालमा बागमती प्रदेशको काभे्रपलाञ्चोक सहित आसपासका नागरिक लाभान्वित हुने जनाइएको छ । काठमाडौका अस्पतालमा डायलासीस गर्न नपाएर बिरामीले महिनौ कुर्नुपर्ने बाध्यताको अन्यको लागि मेथिन्कोट अस्पतालले सूचारु गरिएको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडाले अस्पताल अवलोकनका क्रममा बताउनुभयो । उहाँका अनुसार अब काठमाडौंका सुविधा सम्पन्न अस्पतालले उपलब्ध गराउने सेवा मेथिनकोट अस्पतालले दिने छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले अस्पताललाई ट्रमा सेन्टर डायलासीस सेवाको उत्कृष्ट अस्पतालको रुपमा विकसित गर्ने योजना बनाएको बताउनुभयो । “यसका लागि आवश्यक जनशक्ति उत्पादन गरिएको छ ”उहाँले भन्नुभयो । तीन तहका सरकारको समन्वयका कारण अस्पतालमा सेवा विस्तार गर्दै लगिएको मेथिन्कोटका नगरप्रमुख कुन्साङ लामाले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तिरीय अस्पताल बनाइएकोमा स्थानिय निकै खुसी देखिएको लामाको भनाई छ । अस्पताललाई बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट अन्य आवश्यक उपकरण सहयोग गरिएको थियो । अस्पतालमा हाल सेवा विस्तार भएसँगै बिरामीहरुको चाप बढ्दै गएको बताइन्छ । अस्पताललाई १५ बाट ५० बेडमा रुपान्तरण गरिएको छ । अस्पतालमा हृदयघातका बिरामीका लागि पहिलो चरणको खोप नि ःशुल्क उपलब्ध गराइएको छ भने मानसिक रोगको उपचार, डायलासीस सेवा, हार्डजोर्नी, बाल विशेषज्ञ, सम्पूर्ण ल्याब सेवा, रेविज खोप लगायत नेपाल सरकारले तोकेको २ सय ५० थरीका औषधी नि ःशुल्क रुपमा उपलब्ध गराइएको छ ।
