IMG-LOGO

लम्पी स्किन रोगबाट मृत्यु भएका गाईको क्षतिपुर्ति किसानलाई १० हजार

 मंगल, भदौ २६, २०८०  ---

 

           लम्पी स्कीन रोगबाट मृत्यु भएका गाईको बनेपा नगरपालिकाले १० हजार आर्थिक सहयोग दिने भएको छ । बनेपा नगरपालिकाको २०८० भाद्र २४ गते नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुखको अध्यक्षतामा बसेको बैठकले लम्पी स्किन रोगबाट मृत्यु भएका गाईको प्रति गाई १० हजारका दरले पशुपालक कृषकहरुलाई राहत दिने निर्णय गरेको हो । नगर उप प्रमुख विमला सापकोटा दहालका अनुसार नगर भित्रका पशुपालक कृषकहरुको गाई, भैंसी र बाख्राका निःशुल्क बिमा गरिदिने गरी काार्यपालिकाको बैठकबाट निर्णय भएको बताउनुभयो । विपत रहात कोषबाट लम्पी स्कीन रोगबाट मृत्यु भएका गाईको क्षतिपूर्ति बापत १० हजार सहयोग गर्ने कुरा बनेपा नगरपालिका पशु विकास शाखा अधिकृत रामसुन्दर सापकोटाले जानकारी दिनुभयो । बनेपामा १३ हजर ५ सय गाई र १ हजार ५ सय भैंसी गरी करिब १५ हजारको संख्यामा रहेकोमा लम्पी स्किन रोगबाट ५ हजार ४ सय ५० संक्रमित र ५ सय ३५ गाई र बाछा बाछी १ सय १० गरी जम्मा ६ सय ४५ को मृत्यु भएको छ । त्यसैगरी २ वटा भैंसी मात्र लम्पी स्किन संक्रमित छन् । गाई, बाख्रा सबैलाई निःशुल्क खोप लगाएको बनेपा नगरपालिकाले जनाइएको छ । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्