IMG-LOGO

काभ्रेमा रेडियो, टेलिभिजन प्रसारक

 मंगल, पौष १४, २०७७  ----

काभ्रे जिल्लामा रेडियोहरु र टेलिभिजनको छाता सँगठन काभ्रे रेडियो, टेलिभिजन प्रसारक मञ्चको औपचारीक दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा संघ संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम सोमबार दर्ता भएको हो । उक्त प्रशारक मञ्चमा हाल १० वटा रेडियो र एक टेलिभिजन आबद्ध रहेका छन् । रेडियोहरुको स्थायित्व, व्यवसायिक विकास र प्रबद्धनको लागि रेडियोहरु र टेलिभिजनको छाता सँगठन दर्ता गरेको रेडियो टेलिभिजनको छाता सँगठन दर्ता गरेको रेडियो टेलिभिजन प्रशारक मञ्चका अध्यक्ष सचित खड्काले बताउनुभयो । उक्त मञ्चले सञ्चार माध्यमको व्यवसायिक विकासका साथ साथै सञ्चारकर्मीहरुको क्षमता विकासमा समेत ध्यान केन्द्रीत गरी कार्यक्रम अघि बढाउने कुरा मञ्चका महासचिव रामकृष्ण बञ्जराले बताउनुभयो ।


 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्