काभे्र बहुमुखी क्याम्पसका संस्थापक स्व.ज्ञानकाजी मानन्धरको स्मृतिमा बुधबार क्याम्पसको सभाहलमा स्मृति शोक सभा सम्पन्न भएको छ । प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार भक्त माथेमाले स्व. मानन्धरले शैक्षिक, संस्कृति र सामाजिक क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गर्नुभयो । शोक सभामा बागमती प्रदेश सांसद कञ्चनचन्द्र बादे, संविधान सभा सदस्य शिला कतिला, बनेपा नगरप्रमुख शान्तिरत्न शाक्य, साहित्यकार मोहन दुवाल, क्याम्पस प्रमुख केजी वैदार, क्याम्पस व्यवस्थापन समिति अध्यक्ष लम्बोधर कायस्थ लगायतले स्व. मानन्धरको निधनले अपुरणीय क्षति पु¥याएको उल्लेख गर्नुभयो । सहायक क्याम्पस प्रमुख अर्चना हाडाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम क्याम्पस व्यवस्थापन समिति अध्यक्ष लम्बोधर कायस्थको सभापतित्वमा सम्पन्न भयो भने कार्यक्रमको संचालन प्राध्यापक कृष्ण प्यारी नकर्मीले गर्नुभएको थियो ।
