पतञ्जली योग समिति, पुलबजार योग साधना केन्द्रको १६ औं वार्षिकउत्सव तथा सभाहल उद्घाटन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतमले योग साधनाबाट निरोगी बन्न सक्ने भएकाले प्रत्येक टोलटोलमा योगका बारेमा जागरण ल्याउनुपर्ने बताउनुभयो । बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य, उप प्रमुख बिमला सापकोटा दाहाल, वडा नं १० का वडाध्यक्ष चन्द्र बहादुर खड्का, पतञ्जली योग समितिका केन्द्रीय सदस्य ग्रोबेन तौजले लगायतले योगका माध्यमबाट समाज र राष्ट्रलाई हित हुने भन्दै दैनिक रुपमा योग साधना गरी निरोगी हुन अपिल गर्नुभयो । पुलबजार योग साधना केन्द्रका सल्लाहकार भुवन कुँवरले सञ्चालन गर्नुभएको कार्यक्रममा सल्लाहकार पुष्पलाल श्रेष्ठ लगायत सल्लाहकारहरु, योग साधकहरुको बाक्लो उपस्थिति रहेको थियो भने केन्द्रका अध्यक्ष रेशमलाल थारबल वादेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
