IMG-LOGO

धुलिखेल अस्पतालले लेजर प्रविधिबाट मृगौलाको सल्यक्रिया शुरु ग¥यो

 मंगल, भदौ १९, २०८०  – हरिनाथ न्यौपाने

धुलिखेल अस्पतालका प्रा डा सुमनराज ताम्राकारले मृर्गौलाको पत्थरी फुटाएर निकाल्ने नौलो प्रविधी रेट्रोग्रेड इन्ट्रा रेनल सर्जरीे धुलिखेल अस्पतालले सुरु गरेको बताउनुभएको छ । गत मंगलबार पत्रकार सम्मेलन गर्दै धुलिखेल अस्पतालले छिट्टो, सहज र कम लागतमा अप्रेशन नगरी पत्थरी निकाल्ने प्रविधि अपनाइने जानकारी दिएको हो । अस्पतालका युरोसर्जन डा. सुजन माकजुका अनुसार यस प्रविधीमा अप्टिकल फाइबरयुक्त दूरबिन प्रयोग मुत्रनली मार्फत पठाएर मृर्गौलामा  रहेको पत्थरी पत्ता लगाई लेजर प्रविधीबाट मृगौलामा रहेको पत्थरीलाई फुटाएर बाहिर निकालिने बताउनुभयो । मृर्गौलाको पत्थरी व्यवस्थापन मृर्गौलामा पत्थरी समस्या हुंदा विभिन्न तरिकाले व्यवस्थापन गरिदै आएको छ । ती तरिकाहरूमा पहिलो नेफ्रोलिथोटोमी–यसमा परम्परागत एवं पुरानो तरिकामा पेटको साईडमा ठूलो घाउ पारेर मृगौलाको पत्थरी निकालिन्छ । अर्को पाइलोलिथोटोमी– यो शल्यक्रिया माथिको जस्तै तर यसमा मृर्गौलाको सट्टा मृर्गौलामा मुत्रनली युरेटर जोडिएको भागमा घाउ पारेर मृर्गौलामा रहेको पत्थरी निकालिन्छ । यस्तै ल्यापारोस्कोपी –यसमा ठूलो घाउको सट्टा सानो प्वालमार्फत् दूरबिन छिराई मृर्गौलाको पत्थरी निकालिन्छ । यसमा संक्रमण जोखिम कम, अस्पताल बसाई छोटो भएपनि मुत्रनली साँगुरिने जोखिम कायम नैं हुने हुन्छ । अर्को एक्स्ट्रा कर्पोरियल शकवेभ –यसमा शरीर बाहिरबाट उपकरणका माध्यमबाट निरन्तर झट्का पठाई मृर्गौलाको पत्थरी फुटाइन्छ, जुन पिसाब फेरेसँगै बाहिरिन्छ । यस उपचारको क्रममा मृर्गौलामा रगत जम्ने, पेटमा निलडाम बस्ने र सबै पत्थरी फुटाउन नसकिने पनि हुनसक्छ । त्यसैले धेरै पटक दोहो–याउनुपर्ने, फुटाइएको पत्थरीको टुक्रा मुत्रनली तिर सरेर पीडा हुने, पिसाब रगताम्य हुने, रक्तश्राव हुने, पिसाबको बहावमा अवरोध खडा हुने जस्ता समस्याका लागी रेट्रोग्रेडेट इन्ट्रा रेनल सर्जरी उपयुक्त हुने बताइएको छ । युरोसर्जन डा. सुजन माकजूका अनुसार यस प्रविधिमा उपचार गरे घाउ बनाउनु नपर्ने , चाडै तडग्रिन्छ, पीडा कम, छोटो अस्पताल बसाई, मृर्गौला बिग्रिने वा चोट पुग्ने जोखिम कम, दुवै मृर्गौलामा एकै सेटिङमा गर्न सकिन्छ । यस्तै बेफाईदामा महंगो प्रविधी भएको, समय बढी लाग्ने, पिसाब नलीको संक्रमण हुने, २ सेमी भन्दा ठूलो पत्थरी वा अदुवा जस्तो बाङ्गोटिङ्गो खालको पत्थरीलाई काम लाग्दैन । तुलनात्मक रुपमा रेट्रोग्रेडेट इन्ट्रा रेनल सर्जरी महगाें भएपनि समग्र रुपमा यो प्रविधि किफयती रहेको डाक्टरहरुको भनाई छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्