IMG-LOGO

पिपुल्स साकोसको १७ औं साधारण सभा

 मंगल, भदौ १९, २०८०  ---

          बनेपा, बनेपामा रहेको पिपुल्स बचत तथा क्रण सहकारी संस्था लि.को १७ औँ वार्षिक साधारणसभाको संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षता र काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उदयराम कायस्थज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उदयराम कायस्थज्यूले वास्तविक सहकारीले राम्रो काम गरिहेको तथा केहि सहकारीहरुले गरेका कर्जा लागानी असुरक्षित हुन गई समस्या देखा परेकोमा कर्जा सूचना केन्द्रको महत्व दर्शाउनुभएको थियो । कार्यक्रममा बिन्धबासिनी साकोसका संचालक सदस्य प्रकाश बहादुर कायस्थ, सामुदायिक साकोसका सचिव मुकुन्द शर्मा वाग्ले, चण्डेश्वरी साकोसका उपाध्यक्ष रमेश काजी श्रेष्ठ, मनकामना साकोस अध्यक्ष बालकृष्ण दाहाल, बुडोल सामुदायिक साकोस उपाध्यक्ष प्रेम नाथ कोइराला र कोषाध्यक्ष राधाकृष्ण श्रेष्ठ लगायतले सहकारीका बारेमा बोल्नु भएको थियो ।

          संस्थाको आर्थिक वर्ष २०७९÷८० कुल वासलात ३१ करोड ५३ लाख ८४ हजार, शेयर पूजि रु.२ करोड ८४ लाख ५५ हजार, निक्षेप २५ करोड ५८ लाख ११ हजार, कर्जा लगानी २३ करोड १८ लाख २८ हजार र जगेडा कोष १ करोड ४७ लाख ९० हजार, ऋण व्यवस्थापन तथा अन्य कोष १ करोड  ९ लाख  र शेयर सदस्य एवं बाल बचत कर्ता समेत ६ हजार १ सय २३ जना  पु¥याउन सफल भएका छ । सोहि अबसरमा संस्थाको सल्लाहकारमा हरिभक्त कायस्थ नुयुक्त गरिएको छ । त्यस्तै बार्षिक उत्कृष्ट विधा अन्र्तगत उत्कृष्ट कर्मचारीमा आफ्नो जिम्मेवारी पुरा गर्दै अनवरत रुपमा कार्य सम्पादन गर्दै आउनुहुने प्रबन्धक नवराज सापकोटालाई सो समारोहमा सम्मान गरिएको थियो । कार्यक्रममा धन्यबाद ज्ञापन सहित सभा समापन प्रमुख सल्लाहकार नवराज के. सी.ले र कार्यक्रम सञ्चालन सचिव देवेन्द्र श्रेष्ठले गर्नु भएको थियो ।

          सम्पूर्ण पनौती भेगका सदस्यका लागि संस्थाको सेवा केन्द्र, पनौतीबाट ५ दिन भाद्र २२ गते सम्म र संस्थाको मुख्य कार्यालय बनेपाबाट उपस्थिति पुस्तिकामा नाम दर्ता ६ दिन भाद्र २३ गते सम्म गर्ने व्यवस्था मिलाइएको छ । संस्थाको बन्दसत्र २०८० भाद्र २३ गते विहान ११ः३० बजेबाट सञ्चालन गर्ने तय गरिएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्