क्यान महासंघ काभ्रे शाखाले १९ औं साधारण सभाको अवसर पारेर “प्रोडक्टिभिटी इन्ह्याँन्समेन्ट अन क्लाउड सर्भिस एण्ड एप्लिकेशन“ आइसीटी सेमिनार कार्यक्रम शनिबार गते होटल उग्रचण्डी, बनेपामा बनेपामा सम्पन्न भयो । कार्यक्रममाक्यान महांसघका प्रतिनिधिहरु, क्यान महांसघ काभ्रे शाखाका पुर्व अध्यक्ष एबं सदस्यहरु, सुचना प्रविधि व्यवसायी, बिभिन्न कलेज तथा विद्यालयका प्रमुख, शिक्षक तथा विद्यार्थी, पत्रकार एबम् विभिन्न संघ संस्थाका प्रतिनिधि गरी करिब ज्ञठछ जनाको उपस्थितीमा रहेको थियो । कार्यक्रम बनेपा नगरपालिकाका नगर प्रमुख शान्ती रत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सभापतित्व क्यान महांसघ काभ्रे शाखाका अध्यक्ष राम चन्द्र न्यौपानेले गर्नु भएको थियो । नगर प्रमुख शान्ती रत्न शाक्यले क्यानका हरेक कार्यक्रम सुचना प्रविधिमय हुनु पर्ने र काभ्रेको जिल्ला भरी पालिकाहरुसँग समन्वय गरी सूचना प्रविधिका कार्यक्रम क्यान काभ्रेसँग मिलेर गर्नुपर्ने धारण राख्नुभएको थियो। बिशिस्ट अतिथीमा क्यान महासंघका केन्द्रिय सचिब एबं डिजिटल ट्रांस्फर्मेशन समितिका संयोजक शेखरनाथ दुलाल र अतिथीहरुमा क्यान महासंघका केन्द्रिय सचिब बुद्धरत्न मानन्धर, उद्योग वाणीज्य संघका उपाध्यक्ष कैलास पलान्चोके, प्यावसन काभ्रे शाखाका अध्यक्ष श्री श्याम भुजेल, एन–प्यावसन काभ्रेका अध्यक्ष अग्नी ज्ञवालीले शुभकामाना मन्तब्य राख्दै काभ्रे जिल्लाको सूचना प्रबिधिको बिकाश र विस्तारमा क्यान काभ्रेको भूमिका प्रशंसनीय रहेको र क्यान काभ्रेले भबिस्यमा गर्ने राम्रा कार्यक्रमहरुमा सहयोग रहने बताउनु भयो। “प्रोडक्टिभिटी इन्ह्याँन्समेन्ट अन क्लाउड सर्भिस एण्ड एप्लिकेशन“ सेमिनार र १९ औं साधारण सभा कार्यक्रम संचालन सचिब देबकी आचार्य दुलालले गर्नु भएको थियो भने कार्यक्रमको संयोजन उपाध्यक्ष दिपक सापकोटाले गर्नु भएको थियो । क्यान जिल्लाशाखा एबम् सदस्य, कलेज ÷विद्यालय एबम् बिद्यार्थसामाजिक संस्थाका सदस्यहरुलाई डिजिटल ट्रांस्फर्मेशनको माध्यमबाट दैनिक डिजिटल गतिबिधि, दैनिक कार्य ब्यवस्थापन, डाटा सुरक्षा र कम समयमा कामको प्रोडक्टिभिटी बृद्धि गर्ने उद्देश्य र लाखौं रुपियाँ तिरेर किन्नु पर्ने विश्वका चर्चित क्लाउड सर्भिस एप्लिकेशन करिब ३० संस्था संस्थाका करिब १०,००० सदस्यलाई क्यान महासंघको ऋक्च् अबधारणा अन्तर्गत निःशुल्क प्रदान गर्ने उदेश्यले आयोजित कार्यक्रमको स्रोतव्यक्ति को रुपमा क्यान महांसघको केन्द्रीय सदस्य एबं सूचना प्रविधि एक्सपर्ट दीपेन्द्र पौडेल रहनु भएको थियो । कार्यक्रमलाई क्यान महासंघका समितिहरु डिजिटल ट्रांस्फर्मेशन समिति, स्टार्टअप एण्ड इनोभेशन समिति, जिल्ला प्रदेश गतिबिधि समितिको प्राबिधिक सहयोग रहेको थियो । कार्यक्रमका सभापति राम चन्द्र न्यौपाने धन्यवाद व्यक्त गर्दै उद्घाटन कार्यक्रम समापन गर्नु भएको थियो साधारणसभा कार्यक्रममा अध्यक्षको प्रतिवेदन, सचिव तथा कोषाध्यक्षको प्रस्तुत प्रतिवेदन सर्बसम्मत पारित गरी साधारणसभा समेत गरियो ।
