IMG-LOGO

भक्तेश्वर प्रस्तावितमाविमा आँखा शिविर

 मंगल, भदौ १९, २०८०  ---

 

          बनेपा वडा न ६ स्थित भक्तेश्वर प्रस्तावित माविमा विद्यार्थीहरलाई आँखा परीक्षण सेवा हिजो सम्पन्न गरेको छ । रेयुकाई एईको मासुनागा आँखा अस्पताल र बनेपा नगरपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा आँखा शिविर कार्यक्रम सम्पन्न भएको हो । ३ सय ४० विद्यार्थीहरुको निःशुल्क आँखा परीक्षण गरीएको विद्यालयका प्रधानाध्यापक दामोदर गौतमले जानकारी दिनु भयो । कार्यक्रममा रेयुकाई आँखा अस्पतालका अध्यक्ष मधु आचार्य, बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य, उप प्रमुख विमला सापकोटा दाहाल, अस्पतालका सचिव हिरामणि शर्मा र अस्पतालका आँखा विष्ोशज्ञहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्