IMG-LOGO

एक्सेस बागमती प्रथम समुहको २९ औं सिकाई व्यवस्थापन कार्यशाला

 मंगल, भदौ १९, २०८०  ---

          बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिको व्यवस्थापन तथा नेपाल बचत तथा ऋण सहकारी संघ लि. नेफ्स्कुनको प्राविधिक सहयोगमा एक्सेस बागमति प्रथम समुहको २९ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन एक दिने कार्यक्रम आईतबार सम्पन्न भएको छ । नेफ्स्कुनका कोषध्यक्ष दिपक पनेरुको प्रमुख आतित्थ्यता र बिन्धवासिनी साकोसको अध्यक्ष शान्त कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको विशेष आतित्थ्यता रहेको थियो । चण्डेश्वरी साकोसका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दहालले संस्थाको वित्तिय अवस्थाको बारेमा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा एक्सेस ब्राण्ड, आधारभूत मापडण्ड, सूचकहरु र सहकारहिरु संस्थाहरुको दिगो विकास, सुसासन र पारदर्शिताको सवालमा छलफल भएको कुरा बिन्धवासिनी साकोसका प्रमुख कार्यकारी अधिकृत के.वि लामा स्याङतानले जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्