IMG-LOGO

काभे्र जिल्लामा आत्महत्याको संख्या बढ्दो

 मंगल, भदौ १९, २०८०       रमेश प्रसाद न्यौपाने

 

          काभे्र जिल्लामा दिनानुदिन आफैंले आफ्नै ज्यान लिन तत्पर भई मृत्युवरण गर्नेको संख्या बढ्न थालेका छन् । यो निक्कै डरमर्दो अवस्थाको ससृजना हो । जिल्ला प्रहारी कार्यालय धुलिखेलको तथ्याङ्क अनुसार जिल्लामा आ.व २०८० भाद्र ६ गते सम्म मात्र २२ जनाले आत्महत्या गरेका छन् स्वास्थ्य कायाृलय धुलिखेलका प्रमुख पुरुषेतम राज सेढाँइलार्य नयाँ आर्थिक वर्ष शुरु कै डेढ महिना नबित्दै २२ जनाले आत्महत्या गरे सुक्ष्म अध्ययन गरी र नियन्त्रणका लागि कसरी अघि बढ्ने योजना बनाउनुभएको छ भन्ने जिज्ञासामा स्वास्थ्य कार्यालय धुलिखेल काभे्रका बरिष्ठ स्वास्थ्य प्रशासक प्रमुख डा. पुरुषोतमराज सेढाईले जिल्लाको मानसिक स्वास्थ्य सेवा, रोकथाम र नियन्त्रण बारे समाजमा मानसिक स्वास्थ्य समस्याको कारणले ९० प्रतिशत आत्महत्या घटनाहरु भएको अध्ययन अनुसन्धानले प्रमाणित गरेको प्रसङ्ख स्वास्थ्य कार्यालय प्रमुख सेढाईले उल्लेख गर्नुभयो । काभे्र जिल्लामा ०७७÷०७८ मा १ सय ३६, आ.व ०७८÷०७९ मा १ सय १३ र ०७९÷०८० मा ९० जनाले काभे्र जिल्लामा आत्महत्याबाट ज्यान गुमाएको घटना तथ्याङ्कबाट सार्वजानीकरण गरिरहेको थियो । ३ वर्षको डाटालाई मध्यनजर गर्दा आत्महत्या घटना ३४ प्रतिशत न्यूनिकरण गर्न सकिएको अवस्था छ । ०८०÷०८१ को भाद्र २२ जनाको आत्महत्याको घटनाले नराम्ररी झस्काएको स्वास्थ्य प्रमुख सेढाँइले उल्लेख गर्नुभयो । स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । धुलिखेल अस्पतालका डा. सानुकृष्ण श्रेष्ठका अनुसार २०७९ चैत्र देखि २०८० भाद्र १३ गते सम्ममा ४९ जनाले आत्महत्याको प्रयास गरेर उपचार गर्न आएको बताउनुभयो । शिर मेमोरियलका डा. एन्जेला बस्नेतले अस्पतालमा सन २०१८ देखि २०२३ अगस्ट ३० सम्मा १ सय ८३ महिला र ११७ पुरुषको आत्महत्याको केश आएको बताउनुभयो । जनाले आत्महत्याको गरी उपचार गर्न आएको उल्लेख गर्नुभयो । धुलिखेल अस्पतालका डा. पंकजकुमार शाहाल आत्महत्या प्रयास गर्ने संख्या २०७९ मा महिला बेसी ३४ र पुरुषको संख्या कम ५३ भएको उल्लेख गर्नुभयो । मानसिक अस्पताल पाटनका निर्देशक डा. अननन्त अधिकारीले विगतमा भूकम्प र कोभिड १९ ले मानवीय तनावले जेलेको थियो अहिले नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याले ग्रसित भएको उल्लेख गर्नुभयो । मानसिक समस्यासामाजिक बायोकिता, मनोविज्ञानको कारणले हुने हँुदा आत्महत्याका कारणहरु पत्ता लगाई त्यसको न्यूनिकरण रोकथामका लागि लाग्नुपर्ने कुरा निर्देशक अधिारीले बताउनुभयो । विश्वमा हरेक वर्ष ८ लाख माथि र प्रति ४० सेकेन्डमा १ जनाले आत्महत्या गरेको अध्ययन अनुसन्धानको तथ्याङ्क रहेको पाइन्छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभे्रका अध्यक्ष बद्रीराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी लगायतले आत्महत्या घटनाको तथ्याङ्कको आधार रोकथाम नियन्त्रणका सवालमा बोल्नु भएको थियो । 

आत्महत्याका सम्भावित लक्षणहरु ः

– बारम्बार निराशा, एक्लोपन र फन्दामा परेको महसुश हुनु ।

– लागु औषध, लागुपदार्थ, मादकपदार्थ सेवन गर्नु ।

– निरन्तर छटपटि र व्याकुलता बढेको हुनु ।

– निन्द्रामा गढबडी र भावनात्मक उतारचढाव हुनु ।

– आत्महत्या गर्ने योजना बनाउनु ।

–सामाजिक संजालहरुमा आत्महत्या गर्ने विचार, योजना तथा निराशाजनक अभिव्यक्तिहरु प्रकट गर्नु ।

– भविष्यप्रति निराशापन देखाउनु (भविष्य अन्धकार देख्नु) ।

– धेरै रिसाउनु तथा व्यवहारमा परिवर्तन आउनु ।

– आफ्ना निजि सरसामान अर्कालाई दिनु र सामाजिक क्रियाकलाप बाट टाढा हुनु ।

आत्महत्याका बारेमा गलत धारणाहरु ः

– अरुको ध्यानाकर्षण गर्न मानिसहरु आत्महत्याबारे कुरा गर्छन ।

– आत्महत्या सधै आवेगमा गरिन्छ ।

– कमजोर आत्मबल भएका मानिसहरुले मात्र आत्महत्या गर्दछन् ।

– बालबालिकाहरुले आत्महत्याको प्रयास गर्दैनन् ।

– आत्महत्याको प्रयास र सोच केहि मानिसहरुले मात्र गर्छन ।

आत्महत्या सम्बन्धि कानुनी प्रावधानहरु ः

– मुलुकी अपराध (संहिता) ऐन, २०७४ दफा १८५का अनुसार आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कुरा उल्लेख गरिएको छ ।

१. कसैले कसैलाई आत्महत्या गर्न उक्साउन वा त्यस्तो काम गर्ने सम्मको परिस्तिथि खडा गर्नु वा गराउनु हुँदैन ।

२. उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले ६ महिना नाघेपछि उजुर लाग्ने छैन ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्