IMG-LOGO

चण्डेश्वरी साकोसले प्राप्त ग¥यो सिल्भर ब्राण्ड

 मंगल, भदौ १९, २०८०  ---

          एशियाली ऋण महासंघ आकु र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजनामा सञ्चालनमा रहेको ब्ज्ञ ऋयmउभतष्तष्खभ ऋजयष्अभ ायच भ्हअभििभलअभ ष्ल क्भचखष्अभक ७ क्यगलमलभकक मा सन २०२३ को अन्तिम परीक्षणमा बनेपास्थित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था र रुपन्देही स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. र सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएका छन् ।

                   ब्यालेन्स स्कोर कार्डमा आधारित ४ वटा परिवेशहरु क्रमशः वित्तीय, सदस्य, आन्तरिक व्यवसायिक र सिकाई एवं वृद्धिका कुल ८६ वटा सूचकहरुमा कार्यसम्पादनको परिणामहरु प्रस्तुत गरेपछि सो को आधारमा सुपरिवेक्षकीय परीक्षण हुँदै एशियाली ऋण महासंघबाट अन्तिम परीक्षणपश्चात प्रमाणीकरण गरिने यस गुणस्तर सुनिश्चितता मापदण्डको परीक्षणमा सहभागी हुन शुद्ध संस्थागत पूँजी कम्तिमा ५ प्रतिशत, भाखा नाघेको ऋण ५ प्रतिशतभन्दा कम र पर्ल्स मापदण्ड बमोजिम आवश्यक सुरक्षण कोष कायम गरिएको थियो । हरेक परिवेशमा कम्तिमा ५० प्रतिशत अंकभार प्राप्त गरिएको थियो भने सुशासन, व्यवस्थापकीय कुशलता एवं प्रभावकारिता, दुरदृष्टि, ध्येय, उद्देश्य एवं स्पष्ट रणनीतिक व्यवसायिक मार्गचित्र, फिट एण्ड प्रोपर टेस्ट, सदस्य सन्तुष्टी, प्रविधिको प्रयोग, भौतिक सुरक्षाका मानक एवं पर्ल्स मापदण्ड बमोजिमका वित्तीय मानकहरुको कायम जस्ता मुख्य परीक्षणका सूचकहरुमा संस्थाहरुले अब्बल परिणाम हासिल गरेका छन् ।

                   ४० हजार ६०० भन्दा बढी सदस्यहरु र ३ अर्ब ३३ करोडको कारोबार भएको जनउत्थान बचत तथा ऋण सहकारीको शुद्ध संस्थागत पूँजी ८.१९ प्रतिशत रहेको छ । १० वटा सेवा केन्द्र र ८ वटा संकलन केन्द्रमार्फत सदस्यहरुलाई सेवा प्रदान गरिरहेको यस सहकारीले विशेषतः लघु उद्यम व्यवसायहरुमा लघु ऋणहरु प्रदान गरेको छ । विषम परिस्थितीमा पनि निरन्तर सदस्यको हितमा काम गरिरहेको यस संस्थाले कोभिडको विषम समयमा कृषकहरुको उत्पादन बजारीकरणको लागि कृषि एम्बुलेन्स समेत सञ्चालन गरेको थियो । यस संस्थाको कुल बचतमध्ये ४१.५ प्रतिशत नियमित मासिक बचत रहेको छ भने कुल धन सिर्जना गर्ने बचतको भार ५६.८ प्रतिशत रहेको छ ।

                   ९ हजार १ सय २२  सदस्य र १ अर्ब २९ करोडको वासलात भएको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको शुद्ध संस्थागत पूँजी १०.३१ प्रतिशत रहेको छ । शहरी क्षेत्रमा पनि साझा बन्धन कायम गर्दै स्थानीय समुदायमा कारोबार गरिरहेको यस संस्थाले हायरपर्चेज ऋण र व्यवसायिक ऋणहरुलाई प्राथमिकतामा राखेको छ । कुल बचतको २७ प्रतिशत धन सिर्जना गर्ने बचत रहेको यस संस्थामा कुल बचतको १७ प्रतिशत नियमित मासिक बचत रहेको छ ।

                   दुवै संस्थाले नविनतम प्रविधिहरुमा जोड दिँदै मोबाईल बैंकिङ, क्यु आर कोड, ए.टि.एम,को सुविधा प्रदान गर्नुको साथै सदस्यहरुमा प्रविधि सुरक्षा तथा प्रयोग सम्बन्धी साक्षरतामा जोड दिएको कुरा संस्थाका अध्यक्ष नविन भक्त वादेले बताउनुभयो । । संस्थाले सदस्यहरुलाई स्वरोजगार श्रृजना गर्ने,  व्यापार व्यवसायमा प्रर्वद्धन जीवनस्तरमा सुधार ल्याउन उद्यमशिलता विकास तालिम एवं असल वित्तीय अभ्यासको लागि वित्तीय साक्षरतालाई थवप प्रभावकारी बनाउन लागी परेको संस्थाका कार्यकारी झलेन्द्र दहालले बताउनुभयो । कोभिडपश्चात नेपालमा आर्थिक विषमताका बीच पनि  एक्सेसका सूचकहरुमा उत्कृष्टता प्रदर्शन गर्न सफल दुबै साकोसहरुलाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्