IMG-LOGO

रोशीमा स्वास्थ्य सम्बन्धी बार्षिक समिक्षा गोष्टी शुरु

 मंगल, भदौ १२, २०८०  ---

 

रोशी । रोशी गाउँपालिका अन्र्तगत रहेको स्वास्थ्य संस्थाहरूको आर्थिक बर्ष २०७९÷०८० को बार्षिक समिक्षा गोष्ठी शुरु भएको छ । दुई दिनसम्म चल्ने गोष्टिको आईतबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले शुभारम्भ गरेका हुन् ।

आइतबार गाउँपालिका अध्यक्ष लामाले दुई दिने गोष्टिको उद्घाटन गर्दै बार्षिक समिक्षापछि आगामी उत्तम कार्ययोजना तयार पार्नको लागि शुभकामना व्यक्त गरे । ‘आर्थिक बर्ष २०७९÷०८० मा लक्ष अनुसार काम गर्न सक्यो कि सकेन । कुन कुन कुरामा सफल भयो भन्ने कुरामा राम्रोसँग समिक्षा गर्नुहोला ।’ लामाले भने, ‘समिक्षाबाट आगामी स्वास्थ्य सम्बन्धी एउटा कोशेढुंगा सावित हुने गरि कार्ययोजना निर्देशन कार्ययोजना दिनुभयो ।’ जनतासँग प्रत्यक्ष पहिलो पंत्तीमा जोडीने सेवा स्वास्थ्य सेवा भएकाले प्रभावकारी र जनपक्षीय काम गर्नको लागि स्वास्थ्य संस्थाका प्रमुखहरूलाई लामाले अग्रह गरेका थिए ।

उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले दिगो बिकास हाशिल गर्नको लागि स्वास्थ्य क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । कार्यसम्पादनमा रोशी गाउँपालिकाको नतिजा राम्रो भएको र आगामी दिनमा अझै राम्रो गर्नको लागि स्वास्थ्य क्षेत्रबाट अब्बल काम गर्नको लागि तामाङले आग्रह गरेका थिए ।

बालमैत्री पालिका घोषणा गर्नको लागि केही सूचकहरू स्वास्थ्यमा पनि पर्ने भएकाले सूचकहरू पूरा गर्ने गरी काम गर्न उनले जोड दिए । जनताले अनुभूति गर्नेगरी काम गर्नको लागि आग्रह गर्दै गाउँपालिका राजमार्ग आसपासमा रहेकाले त्यलाई पनि मध्यनजर गर्दै जनताको नजिक रहेर काम गर्न तामाङले स्वास्थ्य शाखालाई निर्देशन दिए ।

त्यसरी नै जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका जनस्वास्थ्य निरिक्षक दिपेन्द्रकाजी श्रेष्ठले स्वास्थ्य क्षेत्रमा काम गर्दै गर्दा विगतमा भएको गल्ती कमजोरीलाई सुधार्न छलफल मार्फत समिक्षा गर्दै आगामी कार्ययोजना निर्माण गर्नुपर्ने बताए ।

गोष्टी आईतबार र सोमबार दुई दिन चल्ने स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले जानकारी दिए । गाउँपालिका भित्रका भित्र १५ वटा स्वास्थ्य संस्था रहेको र सो संस्थाका प्रमुखहरू गोष्टिमा सहभागी भएको श्रेष्ठले जानकारी दिए । दुईदिन चल्ने सो गोष्टीमा गत आर्थिक बर्षको समिक्षा र आगामी बर्षको कार्ययोजना तयार पार्ने उनको भनाई छ । १५ वटै स्वास्थ्य संस्थाको कार्ययोजनालाई समिक्षा गरेर शाखाले भावी कार्ययोजना तयार पार्ने श्रेष्ठले जानकारी दिए ।

समिक्षा गोष्टीको उद्घाटन कार्यक्रममा रोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा रोशी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष अशोक गौतम, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प.हे.निरीक्षक हरिकला थापा लगायतको उपस्थिती रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्