हिमकाली समाजसेवा बचत तथा ऋण सहकारी संस्था लि. पनौती वडा नं १० शंखुपाटीचौरको २२ औं साधारण सभा हिजो सम्पन्न भयो । काभे्रपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष उदयराम कायष्ठको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष अर्जुन प्रसाद बजगाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव उत्तम प्रसाद आचार्यले प्रगती तथा भावि योजना प्रस्तुत गर्नुभयो । कोषध्यक्ष कृष्णप्रसाद शर्माले आ.व ०७९÷०८० को लेखा परीक्षण प्रतिवेदन तथा प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो । लेखा सुपरीवेक्षण समितिका सदस्य सन्तोष प्याकुरेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । १ करोड ४९ लाख २७ हजार ८०० शेयर पूंजी संकलन, जगेडा कोष २९ लाख ७१ हजार १९, अन्य कोष ५ लाख ७८ हजार २ सय १०, वैघानिक कोष ८ लाख ८१ हजार ९८, अन्य कोषहरु ५ लाख ७८ हजार ९ सय १०, कर्जा नोक्सानी कोष व्यवस्था ३७ लाख ४४ हजार ३, ८५ लाख २७ हजार ३ सय ९९ बचत निक्षेप रहेको कुरा व्यवस्थापक मुरारी सुवेदीले बताउनुभयो । आ.व ०७९÷०८० मा ८ करोड ५ लाख ४६ हजार ९ सय ७५ संस्थाको लगानी रहेको कुरा बनेपा सेवा केन्द्र प्रमुख नृपा श्रेष्ठले बताउनु भयो ।
