गौ हत्या धर्म परिवर्तन गराउने व्यक्ति, संघ संस्थालाई कारबाहीको माग गर्दै विश्व हिन्दु महासंघ नेपाल ,काभे्र जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानार्कषण गराएको छ । सोमबार धुलिखेल नगरपालिका सरस्वती बजारमा भेला भई प्रमुख जिल्ला अधिकारी पूण्य विक्रम पौडेल मार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको समितिले जनाएको छ ।
