बनपा वडा नं १० पुलबजारमा केन्द्रीय कार्यालय रहेको छ । काभ्रे र सिन्धुपाल्चोक सेवा क्षेत्र रहेको यु एस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । यु एम सहकारीले आफ्नौ भवनबाट सेवा दिन सुरुवात गरेको छ । उक्त भवनको उद्घाटन नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्यले गर्नुभएको थियो । बनोप नगरपालिका वडा नंं १० का वडा अध्यक्ष चन्द्रबहादुर खड्काले आर्थिक कारोवार गर्ने संस्था पारर्दशी हुन जरुरी रहेको बताउनुभयो । उहाँले वडा न १० मा मात्र २२ सहाकारी दर्ता भएर सञ्चालनमा आएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार पहासंघका अध्यक्ष मोतिराम तिमल्सिना, लेखा समिति संयोजक जेनिश लामा, काभ्रे उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रकाश मानन्धर, नेकपा नेता मुस्कान पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो । यु एम सहकारीका अध्यक्ष रामशरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यमा निर्वाचित बैद्यलाई सम्मान गरिएको थियो । यु एम साकोसमा ४ करोड ५० लाखको शेयर पूँजी रहेको छ । चार संस्था मर्ज भएर यु एम सहकारी बनाइएको हो ।
