IMG-LOGO

फुटबल खेलाडीलाई प्रशिक्षण

 मंगल, भदौ १२, २०८०  ---

 

बनेपा फुटबल एकेडेमीमा ६० जनाले नियमित प्रशिक्षण थालेका छन् । शनिबार भएको बृहत छलफल तथा अन्तरकृयामा एकेडेमीले काम सुरु गरेको जानकारी दिएको छ । फुटबल एकेडेमी स्थापनापछि काभ्रे जिल्लामा रहेका खेलप्रेमी र पत्रकारलाई एकेडेमी स्थापनाको उदेश्यको बारेमा जानकारी दिन सदस्य भेला कार्यक्रम आयोजना गरेको थियो । बनेपा नगरपालिका बडा नं ५ का अध्यक्ष बलराम अधिकारीले एकेडेमी स्थापना र संचालनका लागि आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एकेडेमीका अध्यक्ष निरोज शाक्यले एकेडेमीले गर्ने गतिविधिका बारेमा जानकारी दिनुभएको थियो । बर्षाैदेखि काभ्रे जिल्लाको फुटबल क्षेत्रको विकासका लागि िक्रयाशिल रहेको बनेपा फुटवल क्लब र माउन्ट एभरेष्ट क्लब मिलेर बनेपा सहित काभ्रे जिल्लाका खेलाडीलाई प्रशिक्षण सुरुवात गरेको उहाँले उल्लेख गर्नुभयो । काभ्रे जिल्ला फुटवल संघको सहकार्यमा स्थापना भएको क्लवले निरन्तर रुपमा खेलाडीलाई प्रशिक्षण सुरु गरिसकेको छ । एकेडेमीले जुनसुकै उमेर समुहका फुटवल खेलाडीलाई न्यूनतम शूल्कमा प्रशिक्षण लिन लागेको हो । हाल १२ जना महिला सहित ६० जनाले सो केन्द्रबाट नियमित प्रशिक्षण लिइरहेका छन् । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्यापन पनि गराउने लक्ष्य एकेडेमीले लिएको उपाध्यक्ष मनिष भोछिभोयाले जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्