राष्ट्रिय संगित कर्मी संघ काभ्रे जिल्ला शाखाको पाँचौ अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले संगित कर्मी संघ काभ्रेको नयाँ नेतृत्वमा धनपती दाहाल लाई चयन गरेको छ । बनेपाको उरा डान्स थिएटरमा आयोजित पाचौं अधिवेशनले दाहालको नेतृत्वमा सर्वसम्मत रुपमा चुनेको हो । केन्द्रीय प्रथम उपाध्यक्ष उमा श्रेष्ठको प्रमुख आतिथ्यतामा पाचौ अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले आज नयाँ कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको छ । बरिस्ठ उपाध्यक्ष –बिष्णु रिजाल,उपाध्यक्ष अस्मिता खनाल ,सौगात दङ्गाल ,उर्मिला थापा ,बिष्णु गुरुङ ,विनोद नेपाल सचिवमा पुजन धिताल, सह–सचिव उर्मिला के.सी प्रवक्ता –सनम सुवाल(धिताल ) कोषाध्यक्ष –वेलि थापा सहित सदस्यहरुमा राज घिमिरे ,भक्त दाहाल ,गिता थापा ,मिना खड्का,कान्छि थापा ,सारदा सापकोटा लगाएतलाई चयन गरेको हो । नव निर्वाचित अध्यक्ष धनपती दाहालले निर्वाचित भए पश्चात् अब सघलाई नया सिराबाट अघि बडाउने र कलाकर्मी र संगित कर्मीको हकहित स्थापित गर्न विधान अनुरुप विचलित नभैइ कार्य गर्ने प्रतिवदता ब्यक्त गरेका थिए । कार्यक्रममा केन्दिय प्रतिनिधि प्रदेश अध्यक्ष र विभिन्न जिल्लाका अध्यक्ष र संगित कर्मी संघ काभ्रेका सदस्य र पुर्व अध्यक्ष लगाएतको उपस्थिती रहेको थियो ।
