ढुंखर्क÷ बेथान्चोकका कृषकहरुलाई मागमा आधारित अनुदान कार्यक्रम अन्तरगत ४३ वटा मिनीटिलर वितरण गरिएको छ । पहिलो चरण अन्तरगत वडा नं २ र ४ का किसानहरुलाई मिनीटिलर बेथान्चोक गाउँपालिका अध्यक्ष भगवान अधिकारिले वितरण गर्नभएको हो । कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिनाले कृषि क्षेत्रमा वितरण भएको अनुदान सदुपयोग गरी वास्तविक किसानहरुलाई पहिचान गरी यान्त्रिककरणको प्रयोग बढायन सके कृषिमा आधुनिकीकरण हुने विस्वास व्यक्त गर्नुभयो । आधा रकम गाउँपालिका र आधा रकम किसानले तिर्ने प्रति मिनिलिटरको मुल्य ३७ हजार ५ सय भएको गाउँपालिकाले जनाएको छ । कूल एक सय १९ मिल लिटर बाँढ्ने कार्यक्रम र बाँकी वडाहरुमा पनि ति मिलिलिटर बाँढ्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीको साधारणसभा सम्पन्न
बनेपा÷ महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले नेपाल रेडक्रस सोसाइटीले मानवीय मुल्य प्रवर्धनमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गरेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय वार्षिक साधारणसभालाई शुक्रबार बनेपामा सम्बोधन गर्दै मन्त्री आचार्यले नेपाल रेडक्रस सोसाइटी अग्रणी परोपकारी संस्था भएको उल्लेख गर्नुभयो । समाज कल्याण परिषद्का उपाध्यक्ष मोनिका भट्टराईले विपद् व्यवस्थापन तथा अन्य सेवा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति काभे्रका उपप्रमुख रिमबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेल, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले आ आफ्नो धारणा राख्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापाले सञ्चालन गरेको कार्यक्रममा महामन्त्री भूपतिलाल श्रेष्ठ, कोषाध्यक्ष वीरबहादुर बस्नेत, उपकोषाध्यक्ष डोलराज पाण्डे सहित केन्द्रीय सदस्यहरु, नेपाल रेडक्रस सोसाइटीका ७ वटै प्रदेश, ७७ जिल्ला शाखामध्ये ६७ जिल्ला शाखा र जुनियर तथा युवा रेडक्रस सर्कलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
