IMG-LOGO

प्रेस युनियन काभ्रेको नेतृत्वमा पून ः नगेन्द्र

 मंगल, भदौ १२, २०८०  ---

 

     नेपाल प्रेस युनियन काभ्रेको ७ औ जिल्ला अधिबेशनबाट पुनः नगेन्द्र अधिकारीको अध्यक्षतामा निर्विरोध कार्यसमिति निर्वाचित गरेकोे छ । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनबाट उपाध्यक्षमा देवराज के.सी, महिला उपाध्यक्ष सम्झना हुमागाई, सचिवमा शुभराज अधिकारी, सह–सचिवद्वय सचित खड़का र इन्द्रबहादुर थापा, कोषाध्यक्ष सरोज अधिकारीलाई निर्बिरोध निर्वाचित गरेको छ । त्यस्तै सदस्यहरूमा पुरुषोत्तम ढकाल, पुजन धिताल, रोशन पौड्याल, रामचन्द्र अधिकारी, भक्त दाहाल, राजन प्रसाद दाहाल, दिल कुमारी हुमागाइ, जानुका खनाल, विपशना शाक्य, रवि धिताल, ज्योती श्रेष्ठ र रामचन्द्र रम्तेल निर्विरोध निर्वाचित भएका छन । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, नेपाली काङ्ग्रेस काभ्रेका उपसभापति रमेश हुमागाई, सचिव गुणराज मोक्तान, माधव ढकाल, काङ्ग्रेस काभ्रेका सह–सचिव रबिन्द्र सिग्देल, कोषाध्यक्ष जगन्नाथ गिरी, नेपाल प्रेस युनियन केन्द्रिय सदस्यद्वय नारायण सापकोटा र कपिल कोइराला, पूर्व उपाध्यक्ष इश्वरी ओझा, नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि जीवन शर्मा, प्रेस युनियन काभ्रेका सल्लाहकार भोला थापा र महेश पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्