IMG-LOGO

सिन्धु हेलम्बु यातायातको भेला गाङटोक शहरमा

 मंगल, भदौ १२, २०८०  ---

 

     सिन्धु हेलम्बु यातायात सेवा प्रा. लि. ले हालै आफ्ना व्यवसायीहरुलाई अवलोकन भ्रमण तथा व्यवसायी भेला सिक्किमको गाङ्टोक शहरमा आयोजना गरियो । उक्त भेलाको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्व अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले समुद्घाटन गर्नुभयो । उक्त अवसरमा प्रमुख अतिथि कर्माचार्यले संस्था दर्ता ऐन अनुसार संचालित रहेका यातायात सेवा समितिलाई कम्पनी ऐन अनुसार संचालन गर्नु पर्ने सरकारको निर्णयलाई व्यवसायीहरुले आत्मसात गरी कम्पनी ऐन अनुसार संचालित भएको र कम्पनी ऐन अनुसार १०० जना सम्म मात्र शेयर सदस्य हुन पाउने व्यवस्थालाई महासंघको पहलमा समितिबाट रुपान्तरित भएमा यातायात सेवा कम्पनीहरुको शेयर सदस्यमा सय जना भन्दा बढी पनी रहन पाउने व्यवस्था मिलाएको बताउनु भयो ।

     उक्त अवसरमा विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्योग व्यवसायी र यातायात व्यवसायीहरुको हकहितको लागी आफु प्रतिबद्ध रहेको  सिन्धु हेलम्बु यातायात सेवा प्रा. लि. आर्थिक मन्दीको अवसरमा पनी व्यवसायी भेला र अवलोकन भ्रमण गरेकोमा उच्च मूल्याङ्कन गर्दै अन्य कम्पनीहरुले पनी समय परिस्थिति अनुसार व्यवसायीहरुसँग हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताउनु भयो ।

     उक्त कार्यक्रममा अरनिको राजमार्ग यातायात समन्वय समितिका अध्यक्ष रमेश बैद्य, काभ्रे बस प्रा. लि. का अध्यक्ष वर्ण शाक्य, गणेश हिमाल तराई यातायात प्रा. लि. का अध्यक्ष आत्माराम थापा र काभ्रे पूण्यवती यातायात प्रा. लि. का अध्यक्ष राजेश सुन्दर सैजुले मन्तव्य राख्नु भएको थियो ।

     कार्यक्रममा सभापतीको आसनबाट सिन्धु हेलम्बु यातायात प्रा. लि. का अध्यक्ष राजेश कुमार श्रेष्ठले कोभिडको कारण नाकाबन्दी र देशमा रहेको आर्थिक मन्दीको कारण यातायात व्यवसायीहरुलाई निकै जटिल स्थिति रहेको र यस्तो परिस्थितिमा पनी सिन्धु हेलम्बु यातायान सेवा प्रा. लि. ले आफ्नो कम्पनीमा आवद्ध व्यवसायीहरुलाई सक्दो राहत प्रदान गरिदै आएको बताउनुभयो । उक्त व्यवसायी भेलाको समुद्घाटन कार्यक्रममा स्वागत मन्तव्य संचालक श्याम कुमार श्रेष्ठ(मण्डन) ले र कार्यक्रम सञ्चालन उक्त सिन्धु हेलम्बु यातायात सेवा प्रा. लि. का कार्यालय प्रमुख मिलन भक्त श्रेष्ठले गर्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्