इन्द्रेश्वर क्याम्पसको २२ औं स्थापना दिवस भाद्र १० गते सम्पनन भयो पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता र उपप्रमुख गीता बन्जाराको विशिष्ट आतिथ्यतामा सम्पन्न भयो । क्याम्पसका सहायक प्राध्यापक लक्ष्मण बन्जाराले स्वागत मन्तव्य दिनुभएको कार्यत्रममा प्रमुख श्रीकुमार सुवालबाट क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन साथमा आगामी कार्य योजना सभासामु पेश गर्नु भयो । क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष राजेश कुमार श्रेष्ठज्यूबाट शुभकामना मन्तव्यका साथमा क्याम्पसमा अध्ययनरत छात्रछात्राहरुको छात्रवृत्ति प्रदान गर्नको लागि आफ्ना स्व. पिता कृष्णदास श्रेष्ठको स्मृतिमा रु. २,०१,१११÷ को अक्षयकोष स्थापनाको लागि क्याम्पस प्रमुखलाई चेक हस्तान्तरण गर्नु भयो । विद्यार्थीहरुकोे तर्फबाट वि.वि.एस प्रथम वर्षकी छात्रा सोनु राईले आफ्नो क्याम्पसमा अध्ययन गर्दाको अनुभवसहित शुभकामना मन्तव्य राख्नुभयो । क्याम्पस स्थापना कालका सस्थापक सदस्यहरु सप्तकाजी बुद्धाचार्य, अमृतमान गोछे र केदारबहादुर भण्डारीलाई पनौती क्षेत्रमा उच्च शिक्षाको उनन्यनको लागि पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मानपत्रका साथ सम्मान गरियो । पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीबाट नेपालको शैक्षिक क्षेत्रमा विदेशिने लहरलाई रोक्नको लागि समय सापेक्ष गुणस्तर अभिवृद्धिका लागि समय सापेक्ष परिवर्तनका लागि अग्रसर हुनुपर्ने र सो का लागि पनौती नगरपािलका सदैव क्याम्पसको साथमा रहने जानकारी दिनुभयो । क्याम्पसलाई त्तब्ब् प्राप्त गराउनको लागि आवश्यक पर्ने हरप्रकारको सहयोग गर्नेको प्रतिवद्धता व्यक्त क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा यस सभाका सभापति तुयुकाजी ताम्राकारले क्याम्पसले विभिन्न निकायहरुकाट प्राप्त गर्नु पर्ने सहयोग प्राप्त गरेको र आगामी दिनहरुमा पनि प्राप्त हुने जानकारी गराउनु भयो । यस भेगको शैक्षिक एवम् बौद्धिक विकासका लागि इन्द्रेश्वर क्याम्पस अटुट रुपमा दिगो समय सम्म लम्किरहने र यसका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोगको आशा राख्दै विश्वविद्यालय अनुदानबाट प्रदान गरिन त्तब्ब् को प्रक्रियामा यस क्याम्पस रहेको र त्यसका लागि कम्तिमा ३ रोपनी जग्गा नगरपालिकाका तर्फबाट उपलब्ध गराउनको लागि अनुरोध गर्नु भयो । कार्यक्रम सञ्चालन क्याम्पस सहायक प्रमुख जयराम कर्माचार्यले गर्नुभएको थियो ।
